आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मनमायाको ‘तिम्रो मायाको सागर’मा विमल र करुणाको अभिनय

आइतबार, ११ चैत २०८०, ०८ : ५२
आइतबार, ११ चैत २०८०

काठमाडौँ । नेपाल सरकारकी सहसचिव मनमाया पङ्गेनी भट्टराईको गीत ‘तिम्रो मायाको सागर’ सार्वजनिक भएको छ । भावना म्युजिक सोलुसनबाट सार्वजनिक गीतमा भट्टराईकै शब्द, सङ्गीत छ । कमल सौरागको संगीतमा तयार भएको गीतमा उनलाई स्वरमा सङ्गीकार कमले नै साथ दिएका छन् । 

गीतको भिडियोमा विमल अधिकारी र करुणा कार्कीको अभिनय छ । राजेश घिमिरेको छायाङ्कन रहेको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् ।मुस्ताङ, पोखरा लगायतका रमणीय स्थानमा भिडिओ छायाङ्कन गरिएको छ । 

गीतसङ्गीतमा आफ्नो अत्यधिक रुचि भएर पनि कार्य व्यस्तताकै  कारण गायन पाटो ओझेलमा रहेको गायिका भट्टराई बताउँछिन् । अबको दिनमा भने गीतसङ्गीतमा सक्रिय रहन उनको योजना रहेको छ । उनी ‘इन्टेग्रिटी आइकन नेपाल २०२१’ सम्मानित कर्मचारी समेत हुन् । हाल योजना आयोगमा रहेकी उनी यसअघि नवलपरासी पूर्वको सीडीओ थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप