सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् पोखरामा विदेशी पर्यटकको होली
पर्व

तस्बिरमा हेर्नुहोस् पोखरामा विदेशी पर्यटकको होली

आइतबार, ११ चैत २०८०

पोखरा । विदेशी पर्यटकहरूले पर्यटकीय राजधानी पोखरामा होली पर्व मनाएका छन् । उनीहरुले एक–आपसमा रङ्ग दलेर होलीको शुभकामना साटेका हुन् ।

होलीको अवसरमा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखरा लगायतका सङ्घसंस्थाले होली विशेष कार्यक्रम गरेका थिए । नाचगान र रङ्गले छ्यापाछ्याप गर्दै उनीहरुले लेकसाइड परिक्रमा गरेका हुन् ।

पोखरामा मौसमअनुसारका सांस्कृतिक कार्यक्रम पर्यटन सम्बद्ध सङ्घसंस्थाले आयोजना गर्दै आएका छन् । होलीमा रमाउन पाउँदा पर्यटकहरू निकै खुसी देखिन्थे ।

आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्न आइतबार होली विशेष साङ्गीतिक कार्यक्रम पनि आयोजना भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया