एरिका र विप्लवले यूएसए ओपन खेल्ने
काठमाडौँ । यूएसए ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा एसियाडकी ऐतिहासिक पदक विजेता एरिका गुरुङ र विप्लवलाल श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका छन् । अमेरिकाको टेक्सासमा मार्च २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा एरिकाले महिला ६८ केजीभन्दा माथि तथा विप्लवले पुरुष ८४ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
एरिकाले गत असोजमा चीनको हाङ्झावमा भएको १९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । एसियाली खेलकुदमा एरिकाले जितेको रजत कुनै पनि नेपाली कराँते खेलाडीले जितेको पहिलो र एकमात्र रजत पदक हो ।
एरिका इन्डोनेसियामा भएको १० औँ विश्व सितोरियो कराँते च्याम्पियनसिपकी स्वर्ण विजेता पनि हुन् । विप्लव १३औँ दक्षिण एसियाली खेलकुदका स्वणर् पदक विजेता हुन् । प्रशिक्षकका रुपमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ रहेका छन् ।
कुशल बाहेक तीन सदस्यीय टोली सोमबार नै अमेरिका प्रस्थान गर्नेछ । कुशल भने मंगलबार अमेरिका प्रस्थान गर्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबिच बिदाइ गरे ।
उनले विगतको सफलतामा मात्र खुशी भएर बस्नुभन्दा पनि आगामी प्रतियोगितामा अझ राम्रो नतिजा ल्याउने गरी प्रदर्शन गर्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण