एरिका र विप्लवले यूएसए ओपन खेल्ने

काठमाडौँ । यूएसए ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा एसियाडकी ऐतिहासिक पदक विजेता एरिका गुरुङ र विप्लवलाल श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका छन् । अमेरिकाको टेक्सासमा मार्च २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा एरिकाले महिला ६८ केजीभन्दा माथि तथा विप्लवले पुरुष ८४ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
एरिकाले गत असोजमा चीनको हाङ्झावमा भएको १९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । एसियाली खेलकुदमा एरिकाले जितेको रजत कुनै पनि नेपाली कराँते खेलाडीले जितेको पहिलो र एकमात्र रजत पदक हो ।
एरिका इन्डोनेसियामा भएको १० औँ विश्व सितोरियो कराँते च्याम्पियनसिपकी स्वर्ण विजेता पनि हुन् । विप्लव १३औँ दक्षिण एसियाली खेलकुदका स्वणर् पदक विजेता हुन् । प्रशिक्षकका रुपमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ रहेका छन् ।
कुशल बाहेक तीन सदस्यीय टोली सोमबार नै अमेरिका प्रस्थान गर्नेछ । कुशल भने मंगलबार अमेरिका प्रस्थान गर्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबिच बिदाइ गरे ।
उनले विगतको सफलतामा मात्र खुशी भएर बस्नुभन्दा पनि आगामी प्रतियोगितामा अझ राम्रो नतिजा ल्याउने गरी प्रदर्शन गर्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पाक समर्थक’ र ‘गद्दार’ भन्दै असममा धमाधम आलोचक र पत्रकार पक्राउ गरिँदै
-
कांग्रेस संसदीय दलको बैठक आज, के-के छन् छलफलका एजेन्डा ?
-
पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी
-
चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
महाकालीको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
खानेपानीको समस्याबाट मुक्ति