वार्ता गर्न जापानले उत्तर कोरियालाई पठायो निम्तो
टोकियो । उत्तर कोरियामाथि विश्वका कयौँ ठुला शक्ति राष्ट्रहरूको ध्यान केन्द्रित भइरहेको छ । पछिल्लो समय रुस र उत्तर कोरियाबिचको सम्बन्ध बलियो बन्दै गइरहेको छ । यस्तोमा जापानले पनि उत्तर कोरियातर्फ ध्यान दिन थालेको छ । जापानले उत्तर कोरियासँग कुनै सर्तहरू नराखी वार्ता गर्न चाहेको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम जोङ उनसँग बिनाशर्त वार्ता गर्न चाहेको बताएका छन् । शिखर सम्मेलनलाई साकार पार्ने किम जोङको प्रयासको निगरानी आफूले व्यक्तिगत रूपमा गरिरहेको किशिदाको भनाइ छ ।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले किम जोङलाई भेट्ने इच्छा व्यक्त गरेको उत्तर कोरियाका शक्तिशाली नेता किम यो जोङकी बहिनी किम यो जोङले सोमबार बताएकी थिइन् । जापानले उत्तर कोरियासँग बिना सर्त वार्ता गर्न चाहेको उनले एक मिडिया च्यानललाई भनेकी थिइन् । उत्तर कोरिया र जापानबिचको द्विपक्षीय सम्बन्धमा जापानको व्यावहारिक र राजनीतिक निर्णयले ठुलो भूमिका खेल्ने किम यो जोङले भनेकी थिइन् ।
किमलाई भेट्ने चाहना किशिदाले मात्रै व्यक्त गरेका हुन् । तर किम किशिदासँग भेट्न चाहँदैनन् । जापानले लोकतान्त्रिक जनवादी गणतन्त्र कोरियाको विरोध गर्ने अनि आफ्नो सार्वभौम अधिकार उल्लङ्घन गर्ने गरेको छ । यस्तो अवस्थामा जापानलाई आफ्नो शत्रु मान्ने किम यो जोङले भनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालको भारत भ्रमणपछि सीमा विवादबारे के भन्छन् भारतीय मिडिया ?
-
रास्वपा जुम्लाको सभापतिमा भण्डारी चयन
-
नेपाल सीमाबाट टीएमसी नेता जहांगीर खान पक्राउ
-
सात वर्षपछि उत्तर कोरियामा पुगे सी जिनपिङ
-
इजरायलका दुई हवाई अड्डालाई निशाना बनाएको इरानको दाबी
-
बादलले बोलाए एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण