सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
टी- २० क्रिकेट

आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो १२२ रनको लक्ष्य

सोमबार, १२ चैत २०८०, १४ : ४०
सोमबार, १२ चैत २०८०

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ ले नेपाललाई जितका लागि एक सय २२ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङ राजेको भ्रमणकारी आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनायो ।

आयरल्यान्ड ‘ए’ का लागि ओपनर ब्याट्सम्यान स्टेफन डोहेनीले सर्वाधिक ४६ रनको योगदान गरे । अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । नेपाली टोलीका बलर कुशल भुर्तेल, गुलसन झा र ललित राजवंशीले दुई–दुई विकेट लिए । कुशल मल्ल र करण केसीले पनि एक–एक विकेट हात पारे । आयरल्यान्ड ‘ए’ ले अतिरिक्त रूपमा केवल पाँच रन पायो ।

आयरल्यान्ड ‘ए’ को पहिलो विकेट करण केसीले लिएका थिए । उनले आयरल्यान्ड ‘ए’ का ओपनर ब्याट्सम्यान मार्क एडिरलाई चार रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । पहिलो ओभरको दोस्रो बलमा मार्क आउट हुँदा आयरल्यान्डले केवल चार रन बनाएको छ ।

आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट ललित राजवंशीले लिएका थिए । उनले आयरल्यान्ड ‘ए’ का तेस्रो नम्बरका ब्याट्सम्यान केड कार्माइकललाई आठ रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । चौथो ओभरको अन्तिम बलमा केड आउट हुँदा आयरल्यान्डले २५ रन बनाएको थियो ।

आयरल्यान्ड ‘ए’ को तेस्रो विकेट गुलसन झाले लिएका थिए । गुलसनले आयरल्यान्ड ‘ए’ का चौथो नम्बरका ब्याट्सम्यान मोर्गन टपिङलाई खाता खोल्नुअघि नै बोल्ड गरेका थिए । ६.२ ओभरमा मोर्गन आउट हुँदा आयरल्यान्ड ‘ए’ ले ३८ रन बनाएको थियो ।  

आयरल्यान्ड ‘ए’ को चौथो विकेट पनि गुलसन झाले नै लिएका थिए । गुलसनले आयरल्यान्ड ‘ए’ का कप्तान निल रकलाई पाँच रनको व्यक्तिगत स्कोरमा कुशल मल्लद्वारा क्याच गराएका थिए । गुलसनले लिएको यो दोस्रो विकेट हो । ८.१ ओभरमा रक आउट हुँदा आयरल्यान्डले ५१ रन बनाएको थियो ।

आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट कुशल मल्लले लिएका थिए । कुशल मल्लले आयरल्यान्ड ‘ए’ का छैटौँ नम्बरका ब्याट्सम्यान गारेथ डेलानीलाई चार रनको व्यक्तिगत स्कोरमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका थिए । १०.२ ओभरमा डेलानी आउट हुँदा आयरल्यान्ड ‘ए’ ले ६३ रन बनाएको थियो ।

आयरल्यान्ड ‘ए’ को छैटौँ विकेट कुशल भुर्तेलले लिएका थिए । कुशल भुर्तेलले आयरल्यान्ड ‘ए’ का ओपनर ब्याट्सम्यान स्टेफन डोहेनीलाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका थिए । विकेटकिपर ब्याट्सम्यान स्टेफनले पेभेलियन फर्किनुअघि ४६ रन बनाएका थिए । उनले केवल ३९ बलको सामना गरी दुई छक्का र चार चौका पनि हिर्काएका थिए । १३.१ ओभरमा उनी आउट हुँदा आयरल्यान्ड ‘ए’ ले ७५ रन बनाएको थियो ।

आयरल्यान्ड ‘ए’ को सातौँ विकेट पनि कुशल भुर्तेलले नै लिएका थिए । उनले आयरल्यान्ड ‘ए’ का सातौँ नम्बरका ब्याट्सम्यान फियोन ह्यान्डलाई ११ रनको व्यक्तिगत स्कोरमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका थिए । कुशल भुर्तेलले लिएको यो दोस्रो विकेट थियो । दीपेन्द्रले लिएको यो तेस्रो क्याच थियो । १५.१ ओभरमा ह्यान्ड आउट हुँदा आयरल्यान्ड ‘ए’ ले ८४ रन बनाएको थियो ।

आयरल्यान्ड ‘ए’ को आठौँ विकेट ललित राजवंशीले लिएका थिए । ललितले आयरल्यान्ड ‘ए’ का नवौँ नम्बरका ब्याट्सम्यान लियाम म्याकार्थीलाई १६ रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । ललितले लिएको यो दोस्रो विकेट थियो । १६.३ ओभरमा म्याकार्थी आउट हुँदा आयरल्यान्ड ‘ए’ ले एक सय दुई रन बनाएको थियो ।

आयरल्यान्ड ‘ए’ को नवौँ विकेटका रूपमा थोमस मायर पेभेलियन फर्किएका थिए । आठौँ नम्बरमा क्रिज समाल्न आएका उनी रन आउट भएका थिए । पेभेलियन फर्किनुअघि थोमसले १६ रन बनाएका थिए । १९औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा आयरल्यान्ड ‘ए’ ले एक सय १८ रन बनाएको थियो ।

 

आयरल्यान्ड ‘ए’ ले अन्तिम विकेटका रूपमा म्याथ्यु हम्फ्रेजलाई गुमाएका थिए । गुमाएको थियो । उनी रन आउट भई पेभेलियन फर्किएका थिए । अन्तिम ओभरको अन्तिम बलमा आउट हुनुअघि उनले ६ रन बनाएका थिए । बेन ह्वाइट भने शून्य रनमा अविजित रहे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप