केजरीवालसँग मागियो पुरानो फोन
सोमबार, १२ चैत २०८०, १६ : ०२
नयाँ दिल्ली । मदिरा नीति घोटला मामिलामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल अहिले प्रवर्तन निर्देशालयको हिरासतमा छन् । केजरीवालसँग अधिकारीहरुले उक्त नीति लागू भएको समयमा प्रयोग गरिएको फोन समेत मागेका छन् ।
केजरीवालले ‘फोन कहाँ छ’ भनेर आफूलाई थाहा नभएको जवाफ फर्काएका छन् । यो कान्डमा ३६ जना आरोपीसँग १७१ ओटा फोन प्रयोग भएको ईडीले छानबिनको क्रममा भनेको छ ।
यी फोनमध्ये एउटा चाँहि केजरीवालको २ वर्ष पुरानो फोन हो । यो फोन केजरीवालले ईडीलाई दिएका छैनन् । १७१ वटा फोनमध्ये एजेन्सीको हातमा १७ फोन मात्रै आइपुगेको छ ।
यिनै फोनमा भेटिएका डेटाको आधारमा एजेन्सीले अहिलेसम्मको सबूत प्रमाण जुटाएको हो । आरोपीहरूले कयौं फोन नष्ट गरिसकेकोले प्रमाण जुटाउन समस्या भइरहेको बताइएको छ । केजरीवाल मार्च २८ सम्म ईडीको हिरासतमा रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण