केजरीवालसँग मागियो पुरानो फोन
सोमबार, १२ चैत २०८०, १६ : ०२

नयाँ दिल्ली । मदिरा नीति घोटला मामिलामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल अहिले प्रवर्तन निर्देशालयको हिरासतमा छन् । केजरीवालसँग अधिकारीहरुले उक्त नीति लागू भएको समयमा प्रयोग गरिएको फोन समेत मागेका छन् ।
केजरीवालले ‘फोन कहाँ छ’ भनेर आफूलाई थाहा नभएको जवाफ फर्काएका छन् । यो कान्डमा ३६ जना आरोपीसँग १७१ ओटा फोन प्रयोग भएको ईडीले छानबिनको क्रममा भनेको छ ।
यी फोनमध्ये एउटा चाँहि केजरीवालको २ वर्ष पुरानो फोन हो । यो फोन केजरीवालले ईडीलाई दिएका छैनन् । १७१ वटा फोनमध्ये एजेन्सीको हातमा १७ फोन मात्रै आइपुगेको छ ।
यिनै फोनमा भेटिएका डेटाको आधारमा एजेन्सीले अहिलेसम्मको सबूत प्रमाण जुटाएको हो । आरोपीहरूले कयौं फोन नष्ट गरिसकेकोले प्रमाण जुटाउन समस्या भइरहेको बताइएको छ । केजरीवाल मार्च २८ सम्म ईडीको हिरासतमा रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की