सर्वोच्चको आदेशले दुर्गा प्रसाईंलाई राहत, बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउने
काठमाडौँ । सर्वोच्च अदालतको आदेशले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई राहत मिलेको छ । झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजको सम्पूर्ण भौतिक संरचना निर्माण भएपनि पठनपाठनका लागि सम्बन्धन नपाएका प्रसाईंलाई सर्वोच्च अदालतको पछिल्लो आदेशले राहत मिलेको हो ।
सर्वोच्च अदालतले बुधबार प्रसाईंको अर्बौँ लगानी भइसकेको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो। न्यायाधीशहरू डा.कुमार चुडाँल र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पुगेको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन नरोक्न आदेश जारी गरेको हो। सोमबार आदेश जारी भएपनि फैसला विस्तृत विवरण आइसकेको छैन ।
सबै पूर्वाधार तयार गर्दा पनि आफ्नो मेडिकल कलेजले सम्बन्धन नपाएको भन्दै प्रसाईले काठमाडौँ विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
प्रसाईंले मेडिकल कलेज सञ्चालन गर्न नदिएको भन्दै केही समयअघि सबै भौतिक संरचना भत्काइदिने चेतावनी समेत दिएका थिए । उनले सोही मेडिकल सञ्चालनका लागि बैंकहरुबाट अर्बौँ ऋण लिएको बताइन्छ । यस्तै पछिल्लो समय प्रसाईंले राष्ट्र,राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नाममा बैंक र लघुवित्तविरुद्ध अभियान चलाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण