चीनमाथि बेलायतले लगायो साइबर हमलाको आरोप
लन्डन । बेलायत सरकारले चीनमाथि सांसद र निर्वाचन आयोगविरुद्ध ‘दुर्भावपूर्ण’ साइबर अभियान चलाएको आरोप लगाएको छ । बेलायतले साइबर आक्रमण गरेको आरोपमा दुई व्यक्ति र एउटा कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।
चीन आफ्नो आलोचना गर्ने बेलायती सांसदहरू र ४ करोड मतदाताहरूको डेटा हासिल गर्ने प्रयासमा भएको बेलायती उपप्रधानमन्त्री ओलिभर डाउडेनले भनेका छन् । बेलायतस्थित चिनियाँ दूतावासले भने यी आरोपहरूलाई निराधार बताएको छ । प्रतिबन्ध लगाइएका दुई चिनियाँ नागरिकहरू झाओ गुआन्जाउ र नि गुओबिन भएको बताइएको छ । प्रतिबन्धमा पर्ने कम्पनी चाहिँ वुहान जियोरिजी विज्ञान र प्रविधि कम्पनी लिमिटेड हो ।
यसैबिच अमेरिकाले पनि साइबर जासुस गर्ने चिनियाँ कम्पनी एड्भान्स्ड पर्सिस्टेन्ट थ्रेट ३१ (एपीटी ३१)माथि प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिका सरकारले चीनसँग सम्बन्धित एपीटी३१ विरुद्ध कारबाही गरिरहेको छ । यो कम्पनीको जालमा अमेरिकी अधिकारीहरू, राजनेतासहित कयौँ मानिस फसेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण