सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

श्री एयरलाइन्सले थप्यो ८० सिटका दुईवटा जहाज ‘ड्यास ८’

मङ्गलबार, १३ चैत २०८०, १४ : २८
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । श्री एयरलाइन्सले ८० सिट क्षमताका दुईवटा जहाज थपेको छ । क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डी हाभिलैण्ड अफ क्यानाडामा निर्मित ८० सिट क्षमताका दुईवटा जहाज ‘ड्यास ८’ कल साइन ९एन–एओके र ९एन–एओएल थपेको हो ।

यसअघि संयुक्त राज्य अमेरीकाको होराइजन एयर तथा अलास्का एयरद्वारा सञ्चालनमा रहेका उक्त जहाजहरू अत्यन्तै आरामदायक, सुरक्षित तथा यात्रुहरूलाई कम ध्वनि अनुभूति दिने छन् । यी जहाजमा जडित इन्जिन सोही प्रकारका अन्य जहाजहरू भन्दा दोब्बर शक्तिशाली (५४०० साफ्ट हर्षपावर) भएको तथा क्यानाडाको प्राट एण्ड व्हिएनी कम्पनीबाट निमिति पीडब्लूआई५० ए अत्यन्तै भरपर्दो रहेको कम्पनीको दाबी छ ।

उक्त जहाजहरू श्री एयसलाइन्सका पाइलटहरुले संयुक्त राज्य अमेरिकाको अरेगन राज्यको पोर्टलैण्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजबे, आइसलैण्डको कैफलामिक, जर्मनीको म्युनिक, इजिप्टको काइरो, संयुक्त अरब इमेरिटसको दुबई तथा भारतको इन्दौर हुँदै करिब १० हजार माइलको दुरी करिब २५ घन्टाको उडानपछि नेपाल भित्र्याइएको हो । 

मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा दुईवटा जहाज अवतरण भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरू यथाशीघ्र पुरा गरी उक्त विमानहरूबाट श्री एयरलाइन्सले आफ्ना आन्तरिक सेवाको गन्तव्यहरूमा उडान थप गरी भरपर्दो सेवा सुचारु गर्ने कम्पनीले जनाएको छ ।

सन् २०१७ बाट ५० सिट क्षमताको २ वटा सिआरजे २०० तथा ७० सिट क्षमताको २ वटा आरजे ७०० जेट विमानहरूबाट आन्तरिक उडान सेवा प्रदान गर्दै आएको कम्पनीको योसँगै जहाज संख्या १० पुर्याएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप