तस्बिरमा हेर्नुहोस् नेपाल भर्सेस आयरल्याण्ड
काठमाडौं । आएरल्याण्ड वुल्भसविरुद्धको टी–२० सिरिज नेपालले जितेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो टी २० मा पनि आयरल्याण्ड ‘ए’ अर्थात वुल्भसलाई ७१ रनले पराजित गरेपछि सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो ।
_Cy4Ee3ABkH.jpg)
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९८ रनको विशाल योगफल तयार पारेको थियो । जवाफमा आयरल्याण्ड १८.३ ओभरमा सवै विकेट गुमाएर १२७ रनमा रोकिन पुग्यो ।
_PH7GO4UVpp.jpg)
पहिला ब्याटिङ गर्दा घरेलु टोली नेपालका लािग कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुआत गरेका थिए । पहिलो विकेटका लागि ३४ रनको साझेदारी गर्दै आशिफ आउट भएका थए । आशिफले ११ बलमा १२ रनको पारि खेल्दा एक छक्का समान चौका प्रहार गरे ।
_vlgZrEplx2.jpg)
त्यसपछि दोस्रो विकेटको रुपमा कुशल भुर्तेल पभेलियन फर्किए । १६ बलमा २५ रनको पारि खेलेका भुर्तेलले समान दुई दुई छक्का र चौका प्रहार गरे । तेस्रो विकेटको रुपमा अनिल साह आउट भएका थिए । अनिलले ११ बलमा १२ रन बनाएका थिए । अनिल साह आउट हुँदा नेपालले ६.५ ओभरमा ५६ रन बनाएको थियो । त्यसपछि गुलसन झा र कप्तान रोहित पौडल मिलेर नेपालको पारि अघि बढाए । १३.५ ओभरमा १२७ रन भएका बेला गुलसन चौथो विकेटको रुपमा आउट भए । गुलसनले ३२ बलमा ४६ रनको पारि खेल्दा चार छक्का र एक चौका प्रहार गरेका थिए । रोहित र कुशल मिलेर आक्रमक रुपमा अघि बढाए । रोहित २४ बलमा पाँच चौकाको मद्दतले ३३ रन बनाएका थिए ।
_Yhrv7NXASB.jpg)
कुशल मल्लले १३ बलमा ३४ रनको आक्रमक पारि खेले । उनले चार छक्का र एक चौका प्रहार परे । सन्दीप जोराले १० बलमा २१ रनको पारि खेल्दा विवेक यादवले नटआउट ७ रन बनाउँदा नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९८ रन बनायो । आयरल्याडका म्याथु फोस्टरले तीन तथा वेन ह्वाइटले दुई विकेट लिए ।
_vnoijnHnYq.jpg)
१९९ रनको विशाल लक्ष्यसहित मैदान उत्रिएको आयरल्याण्डले सुरुआत उत्कृष्ट गरे पनि मिडिल अर्डरमा ब्याटरहरु टिक्न नसक्दा अन्ततः १८.३ ओभरमा १२७ रनमा समेटियो । आयरल्इाण्डका लागि स्टेफ दानीले सर्वाधिक २६ रन बनाउँदा माृेर्गन टोपिङले २१ रन जोडे । त्यसैगरी केड काम्पेलले १८ रन बनाउँदा रस एडिर र नेइल राकले १७–१७ र नजोडेका थिए । ग्रेथ डेलेनी १५ रनमा आउट भएका थिए । नेपालका कुशल मल्ल र सोमपाल कामील्े तीन तीन विकेट लिँदा करण केसी, विवेक यादव र कुशल भुर्तेलले एक एक विकेट हात पारे ।
_KuxkofIfk7.jpg)
नेपालको सिनियर टिम आजै विश्वकप तयारीका लागि भारत जाने छ भने यहाँ रहेको आयरल्याण्डसँग अब नेपालको ए टिमले तीन तीन खेलको टी २० र एक दिवसीय सिरिज खेल्ने छ । ए टिमको कप्तानी भने विनोद भण्डारीले गर्ने छन् ।
_4etabgIDMD.jpg)
_uaOA8j1qXT.jpg)
_rkYsSxuBsU.jpg)
_zfremYnxPw.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण