सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् नेपाल भर्सेस आयरल्याण्ड

मङ्गलबार, १३ चैत २०८०, १७ : ०८
मङ्गलबार, १३ चैत २०८०

काठमाडौं । आएरल्याण्ड वुल्भसविरुद्धको टी–२० सिरिज नेपालले जितेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो टी २० मा पनि आयरल्याण्ड ‘ए’ अर्थात वुल्भसलाई ७१ रनले पराजित गरेपछि सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो ।

nepal vs ireland wolves (1)

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९८ रनको विशाल योगफल तयार पारेको थियो । जवाफमा आयरल्याण्ड १८.३ ओभरमा सवै विकेट गुमाएर १२७ रनमा रोकिन पुग्यो ।

nepal vs ireland wolves (2)

पहिला ब्याटिङ गर्दा घरेलु टोली नेपालका लािग कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुआत गरेका थिए । पहिलो विकेटका लागि ३४ रनको साझेदारी गर्दै आशिफ आउट भएका थए । आशिफले ११ बलमा १२ रनको पारि खेल्दा एक छक्का समान चौका प्रहार गरे ।

nepal vs ireland wolves (11)

त्यसपछि दोस्रो विकेटको रुपमा कुशल भुर्तेल पभेलियन फर्किए । १६ बलमा २५ रनको पारि खेलेका भुर्तेलले समान दुई दुई छक्का र चौका प्रहार गरे । तेस्रो विकेटको रुपमा अनिल साह आउट भएका थिए । अनिलले ११ बलमा १२ रन बनाएका थिए । अनिल साह आउट हुँदा नेपालले ६.५ ओभरमा ५६ रन बनाएको थियो । त्यसपछि गुलसन झा र कप्तान रोहित पौडल मिलेर नेपालको पारि अघि बढाए । १३.५ ओभरमा १२७ रन भएका बेला गुलसन चौथो विकेटको रुपमा आउट भए । गुलसनले ३२ बलमा ४६ रनको पारि खेल्दा चार छक्का र एक चौका प्रहार गरेका थिए । रोहित र कुशल मिलेर आक्रमक रुपमा अघि बढाए । रोहित २४ बलमा पाँच चौकाको मद्दतले ३३ रन बनाएका थिए ।

nepal vs ireland wolves (3)

कुशल मल्लले १३ बलमा ३४ रनको आक्रमक पारि खेले । उनले चार छक्का र एक चौका प्रहार परे । सन्दीप जोराले १० बलमा २१ रनको पारि खेल्दा विवेक यादवले नटआउट ७ रन बनाउँदा नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९८ रन बनायो । आयरल्याडका म्याथु फोस्टरले तीन तथा वेन ह्वाइटले दुई विकेट लिए ।

nepal vs ireland wolves (7)

१९९ रनको विशाल लक्ष्यसहित मैदान उत्रिएको आयरल्याण्डले सुरुआत उत्कृष्ट गरे पनि मिडिल अर्डरमा ब्याटरहरु टिक्न नसक्दा अन्ततः १८.३ ओभरमा १२७ रनमा समेटियो । आयरल्इाण्डका लागि स्टेफ दानीले सर्वाधिक २६ रन बनाउँदा माृेर्गन टोपिङले २१ रन जोडे । त्यसैगरी केड काम्पेलले १८ रन बनाउँदा रस एडिर र नेइल राकले १७–१७ र नजोडेका थिए । ग्रेथ डेलेनी १५ रनमा आउट भएका थिए । नेपालका कुशल मल्ल र सोमपाल कामील्े तीन तीन विकेट लिँदा करण केसी, विवेक यादव र कुशल भुर्तेलले एक एक विकेट हात पारे ।

nepal vs ireland wolves (5)

नेपालको सिनियर टिम आजै विश्वकप तयारीका लागि भारत जाने छ भने यहाँ रहेको आयरल्याण्डसँग अब नेपालको ए टिमले तीन तीन खेलको टी २० र एक दिवसीय सिरिज खेल्ने छ । ए टिमको कप्तानी भने विनोद भण्डारीले गर्ने छन् ।

nepal vs ireland wolves (6)nepal vs ireland wolves (8)nepal vs ireland wolves (10)nepal vs ireland wolves (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप