बीवाईडीले पार गर्यो ७० लाख विद्युतीय सवारी उत्पादनको कोशेढुंगा
एजेन्सी । चीनको विद्युतीय सवारी निर्माता बीवाईडीले ७० लाख वटा विद्युतीय सवारी उत्पादन गरेको छ । विश्व प्रसिद्ध चिनियाँ विद्युतीय सवारी र ब्याट्री निर्माता बीवाईडीले ७० लाख वटा विद्युतीय सवारी उत्पादन गरेको हो ।
कम्पनीका अनुसार विश्वमा ७० लाख वटा विद्युतीय सवारी उत्पादन गर्ने बीवाईडी पहिलो हो । कम्पनीले ‘डेञ्जा एन ७’ नामक ७ मिलियन औँ विद्युतीय सवारी उत्पादन गर्दै जीनान फ्याक्ट्रीबाट सार्वजनिक गरेको हो ।
बीवाईडी पहिलोपटक सन २०२१ को मे महिनामा १ मिलियन वटा विद्युतीय सवारी उत्पादन गर्ने कम्पनी बनेको थियो । यसपछि यसको १८ महिना भित्रमा कम्पनी ५ मिलियन विद्युतीय सवारी उत्पादन गर्ने पहिलो कम्पनी बनेको थियो ।
५ मिलियन विद्युतीय सवारी उत्पादन गर्ने कीर्तिमान कायम गरेको ९ महिनापछि नै ७ मिलियनको ‘माइलस्टोन’ पार गरेको कम्पनीले जनाएको छ । कम्पनीले सन् २०२३ मा नै विश्वव्यापीरुपमा ३ मिलियनभन्दा बढी विद्युतीय सवारीको बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण