छ गोलको थ्रिलरमा स्पेन र ब्राजिलबिच बराबरी
मड्रिड । स्यान्टियागो बर्नेबाउमा खेलिएको मैत्रीपूर्ण खेलमा स्पेन र ब्राजिल ३–३ गोलको बराबरीमा रोकिएका छन् । खेलको इन्जुरी समयमा वेस्ट ह्यामका मिडफिल्डर लुकास पाकेटाले पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई हारबाट जोगाएका हुन् ।
खेलको १२ औँ मिनेटमा रोड्रीले पेनाल्टीबाट गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ३६ औँ मिनेटमा ड्यानी ओल्मोले टोलीको अग्रता दोब्बर बनाए । तर ४० औँ मिनेटमा रोड्रिगोले ब्राजिलका लागि एक गोल फर्काए ।
दोस्रो हाफको सुरुवातमा नै १७ वर्षीय खेलाडी एनड्रिकले बराबरी गोल गरे । ४ दिनको अन्तरमा उनको यो दोस्रो गोल थियो । यसअघि शुक्रबार उनले इंग्ल्याण्डविरुद्ध विजयी गोल गरेका थिए ।
खेल सकिन तीन मिनेट बाँकी छँदा रोड्रीले अर्को पेनाल्टीबाट स्पेनलाई पुनः अग्रता दिलाए पनि पाकेटाले इन्जुरीमा सयमा गोल गरेपछि खेल बराबरीमा टुंगियो । स्पेन यसअघिको मैत्रीपूर्ण खेलमा कोलम्बियासँग १–० गोलले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण