जीतको लयमा फर्किँदै जर्मनी
म्युनिख । जीतको लयमा फर्किएको जर्मनीले नेदरल्याण्ड्सविरुद्ध पुनरागमन गर्दै जीत हासिल गरेको छ । मंगलबार राति भएको मैत्रीपूर्ण खेलमा युरो २०२४ को आयोजक राष्ट्र २–१ गोलअन्तरले विजयी बन्यो ।
शनिबार फ्रान्सलाई २–० गोलले हराएको जर्मनी खेलको चौथो मिनेटमा नै पछि परेको थियो । जोई भिरमानले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । तर, सात मिनेटपछि म्याक्समिलियान मिटेलस्टाडले जर्मनीका लागि बराबरी गोल फर्काए ।
खेलको ८५ औँ मिनेटमा टोनी क्रुसको पासमा बोरुसिया डर्टमण्डका स्ट्राकर फुलक्रगले गोल गर्दै टोलीको पुनरागमन पूरा गरे । जुलियन नेगल्सम्यानको नेतृत्वमा जर्मनीले लगातार दुई खेलमा जीत हासिल गरेको यो पहिलो अवसर थियो ।
युरो २०२४ जुन १४ देखि सुरु हुँदैछ । एलायन्ज एरिनामा हुने पहिलो खेलमा जर्मनीले स्कटल्याण्डको सामना गर्नेछ । समूह ए मा दुई टोलीसँगै हंगेरी र स्वीटजरल्याण्ड रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण