आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जीतको लयमा फर्किँदै जर्मनी

बुधबार, १४ चैत २०८०, ०७ : २३
बुधबार, १४ चैत २०८०

म्युनिख । जीतको लयमा फर्किएको जर्मनीले नेदरल्याण्ड्सविरुद्ध पुनरागमन गर्दै जीत हासिल गरेको छ । मंगलबार राति भएको मैत्रीपूर्ण खेलमा युरो २०२४ को आयोजक राष्ट्र २–१ गोलअन्तरले विजयी बन्यो ।

शनिबार फ्रान्सलाई २–० गोलले हराएको जर्मनी खेलको चौथो मिनेटमा नै पछि परेको थियो । जोई भिरमानले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । तर, सात मिनेटपछि म्याक्समिलियान मिटेलस्टाडले जर्मनीका लागि बराबरी गोल फर्काए ।

खेलको ८५ औँ मिनेटमा टोनी क्रुसको पासमा बोरुसिया डर्टमण्डका स्ट्राकर फुलक्रगले गोल गर्दै टोलीको पुनरागमन पूरा गरे । जुलियन नेगल्सम्यानको नेतृत्वमा जर्मनीले लगातार दुई खेलमा जीत हासिल गरेको यो पहिलो अवसर थियो ।

युरो २०२४ जुन १४ देखि सुरु हुँदैछ । एलायन्ज एरिनामा हुने पहिलो खेलमा जर्मनीले स्कटल्याण्डको सामना गर्नेछ । समूह ए मा दुई टोलीसँगै हंगेरी र स्वीटजरल्याण्ड रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप