धोनीले २.३ मिटरको छलाङ मारेर बल क्याच गरेको भिडियो भाइरल
नयाँ दिल्ली । आईपीएल २०२४ को सातौँ खेलमा चेन्नई सुपर किंग्स र गुजरात टाइटान्सबिच भिडन्त थियो । यो खेलमा चेन्नई सुपर किंग्सले गुजरात टाइटान्सलाई ६३ रनले हरायो ।
यो खेलमा महेन्द्रसिंह धोनीको शानदार क्याचले धेरैजना छक्कै परेका छन् । ४२ वर्षका धोनीले शून्य दशमलव ६० सेकेन्डको रिएक्शन टाइममा २.३ मिटरको छलाङ लगाएर डाइभ हान्दै शानदार तरिकाले बल क्याच गरे ।
क्याच लिँदा धोनीको दुबै खुट्टा हावामा थियो । यो देखेर म्याचको कमेन्ट्री गरिरहेका सुरेश रैना छक्क थिए । धोनीको निकै तारिफ गर्दै उनले यो भिडियो सामाजिक सञ्जालमा शेयर नै गरेका छन् ।
क्याप्सनमा रैनाले ‘टाइगर अभि जिन्दा हैं’ लेखेका थिए । धोनीको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भिडियोमा लाइक, कमेन्टको वर्षा भइरहेको छ ।
धोनीको यो क्याच भाइरल हुनुको अर्को पनि कारण छ । गएको वर्ष आईपीएल सकिने बित्तिकै धोनीको घुँडाको शल्यक्रिया गरिएको थियो ।
४२ वर्षको उमेरमा उनले युवा खेलाडीको जस्तो फिटनेस देखाइरहेका छन् । गुजरात टाइटान्स विरुद्धको खेलमा धोनीले ब्याटिङ गरेनन् । तर शानदार फिल्डिङले उनले आफ्ना फ्यानहरूको मन भने पक्कै जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण