आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुस् प्रादेशिक ललितकला प्रदर्शनी

तस्बिरमा हेर्नुस् प्रादेशिक ललितकला प्रदर्शनी

बुधबार, १४ चैत २०८०

काठमाडौँ । रैथाने संस्कृति एवं कला प्रवर्धन गर्नका लागि बागमती प्रदेश  ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ ललित कला प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ । 

प्रतिष्ठानको आयोजनामा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०, सामाजिक रूपान्तरण: ललितकलाको अभियान’ नारासाथ सातै प्रदेशमा पहिलो पटक प्रदर्शनी आयोजना गरिएको हो । सातमध्ये छ प्रदेशमा प्रदर्शनीको आयोजना जारी छ । 

प्रदर्शनीमा बागमती प्रदेशको मौलिक तथा रैथाने कलालाई प्राथमिकता दिएर समसामयिक चित्रकला, परम्परागत चित्रकला र मूर्तिकला, समसामयिक मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला, नेपाल तथा विश्वमा चलेका तथा अन्य सिर्जनात्मक कलालगायत विविध विधाअन्तर्गतका २१० कलाकारका २४५ भन्दा बढी कलाकृति प्रदर्शनीमा राखिएको छ । 

देशभरका कलाको पहिचान, कलाकारको पनि पहिचान हुने र कलाकारको हौसला बढाउनुका साथै राष्ट्रियस्तरका कलाकारको परिचय गराउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो । चैत १२ गते सुरु भएको प्रदर्शनी १६ गतेसम्म चल्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया