शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बुधबार, १४ चैत २०८०, १९ : ४७
बुधबार, १४ चैत २०८०

विराटनगर । झापाको शिबसताक्षी नगरपालिका ११ को उत्तरी क्षेत्रको जङ्गलमा दाउरा खोज्ने क्रममा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

बुधबार साँझ जङ्गली हात्तीको आक्रमणबाट शिवशताक्षी ११ निवासी पवित्रा भेटवालको निधन भएको हो । 

घटनामा उनका श्रीमान् दिलीप भेटवाल घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

पछिल्लो समय झापा मा जङ्गली हात्तीको आक्रमणबाट धनजनको क्षति हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप