घरपरिवारले एक दिनमा एक अर्ब डलरको खाना खेर फाल्छन्
पेरिस । विश्वभरका परिवारले सन् २०२२ मा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर फालेका छन् । यसलाई संयुक्त राष्ट्रसङ्घले बुधबार खानाको नोक्सानीलाई ‘विश्वव्यापी त्रासदी’ भनेको छ ।
करिब ८० करोड मानिस भोकै बसेको यस्तो समयमा घर र व्यवसायहरूले १० खर्ब डलरभन्दा धेरै मूल्यको खाना थन्क्याएर राखेको राष्ट्रसङ्घको पछिल्लो फुड वेस्ट इन्डेक्स रिपोर्टमा उल्लेख छ । रिपोर्टअनुसार सन् २०२२ मा बजारमा उपलब्ध सबै उत्पादनहरूको करिब २० प्रतिशत अर्थात एक अर्ब टनभन्दा बढी खाना खेर गएको थियो । यसमा अधिकांश घरहरूबाट खेर गएका हुन् ।
राष्ट्रसङ्घीय पर्यावरण कार्यक्रम (युएनइपी) का कार्यकारी निर्देशक इन्गर एन्डरसनले विज्ञप्तिमा भने, “खानाको नोक्सानी विश्वव्यापी त्रासदी हो, विश्वभरमा खानाको नोक्सानीका कारण आज मानिसहरू भोकै बस्नेछन् ।” रिपोर्टमा यस्तो प्रकारको नोक्सानी नैतिकमात्र नभएर ‘पर्यावरणीय असफलता’ भएको उल्लेख छ ।
खानाको नोक्सानीले उड्डयन क्षेत्रको पृथ्वीको तापक्रम बढाउने उत्सर्जनको पाँच गुणा उत्पन्न गर्दछ र यस्ता कहिल्यै नखाइने बालीहरू उब्जाउनका लागि भूमिको विशाल भागलाई परिवर्तन गर्न आवश्यक छ । गैरनाफामूलक सङ्गठन डब्ल्युआरएपीसँग सहलेखन गरिएको उक्त रिपोर्ट राष्ट्रसङ्घले सङ्कलन गरेको विश्वव्यापी खाद्य नोक्सानीमाथि दोस्रो हो र यसले अहिलेसम्मको सबैभन्दा पूर्ण तस्बिर प्रदान गर्दछ ।
“डाटा सङ्कलनमा सुधार हुँदै गर्दा समस्याको यथार्थ स्तर अत्यन्त स्पष्ट भएको छ”, युएनइपीका क्लेमेन्टाइन ओ’कनरले भने, “तपाईंले जति धेरै खानाको नोक्सानी खोज्नुहुन्छ, त्यति नै धेरै प्राप्त हुनेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण