चुम्बन प्रकरणमा स्पेनिस फुटबलका पूर्व अध्यक्षविरुद्ध साढे दुई वर्ष कैद सजाय माग
काठमाडौँ । महिला फुटबल खेलाडीलाई उनको इच्छा विपरीत ओठमा चुम्बन गरेपछि विवादमा तानिएका स्पेनिस फुटबल महासङ्घका पूर्वअध्यक्ष लुइस रुबिलेसविरुद्ध न्यायालयमा साढे दुई वर्ष जेल सजायको माग गरिएको छ ।
स्पेनको महान्यायाधिवक्ता कार्यालयका अनुसार, खेलाडीमाथि यौन दुर्व्यवहार गरेको गम्भीर आरोपमा रुबिलेसविरुद्ध दुई वर्ष ६ महिना जेल सजायको माग गरिएको हो । गत अगस्तमा सम्पन्न महिला विश्वकप फुटबलका क्रममा तत्कालीन अध्यक्ष रुबिलेसले यस्तो हर्कत गरेका थिए ।
स्पेनले महिला विश्वकपको उपाधि जितेपछि उत्साही बनेका रुबिलेसले खुसीयाली मनाउने क्रममा टोलीकी प्रभावशाली खेलाडी जेनी हर्मोसोको ओठमा चुम्बन गरेका थिए । सार्वजनिक रूपमै यस्तो हर्कत देखाएपछि रुबिलेसको चर्को आलोचना भएको थियो ।
जेनी हर्मोसो र स्पेनिस महिला टोलीका अन्य खेलाडीले पनि रुबिलेसप्रति आक्रोश व्यक्त गरेका थिए । रुबिलेसले भने खुसीयाली मनाउने क्रममा अन्जानमा यस्तो भएको सफाई दिएका थिए । तर, आलोचना बढ्दै गएपछि रुबिलेस आफ्नो पदबाट राजीनामा दिन बाध्य भएका थिए ।
अस्ट्रेलिया र न्युजिल्यान्डमा सम्पन्न महिला विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा स्पेनले इङ्ल्यान्डलाई १-० गोलले हराएको थियो । त्यतिबेला स्पेनिस टोलीले खुसीयाली मनाइरहेको क्षणको विश्वभर प्रत्यक्ष प्रसारण भइरहेको थियो ।
सोही क्रममा रुबिलेसले हर्मोसोलाई चुम्बन गरेका थिए । त्यसपछि सञ्चारकर्मीहरूले मिडफिल्डर जेनीलाई उक्त घटनाको विषयमा प्रश्न गरेका थिए । त्यसको जवाफ जेनिफरले हाँसेर दिएकी थिइन् । ३३ वर्षीया जेनिफरले भनेकी थिइन्, ‘ए त्यो । तर, मलाई मन परेन ।’
अध्यक्ष लुइसले भने सुरुमा मूर्खहरूले अनावश्यक कुराको विषयमा चर्चा गरिरहेको प्रतिक्रिया दिएका थिए । ‘यहाँ जताततै मूर्खहरू छन् । त्यो सामान्य घटना हो । त्यसलाई मुर्खतापूणर् तरिकाले बढाइचढाइ गरिएको छ,’ त्यतिबेला उनले भनेका थिए । तर, आलोचना बढ्दै गएपछि उनले घटनाका लागि माफी पनि मागेका थिए ।
त्यसपछि विश्व फुटबल महासङ्घ (फिफा) ले पनि रुबिलेसमाथि तीन वर्षसम्म फुटबल सम्बन्धि कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो । रुबिलेसले त्यो प्रतिबन्धको विरुद्धमा पुनरावेदन पनि गरेका थिए । तर, उनमाथिको प्रतिबन्ध भने कायमै राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण