प्रचण्ड र ओलीका पीएसओलाई एसपी बढुवामा प्राथमिकता
काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पीएसओहरुले बढुवामा प्राथमिकता पाएका छन् । बुधवार राति प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीहरूलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरिएको छ ।
८ जनामध्ये ३ जना प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) भएर काम गरेको अधिकृतहरू छन् ।
बढुवा सिफारिस भएका राजन लिम्बु र सन्तोष तामाङ एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पीएसओ थिए । ओलीसँग लामो समय काम गरेका लिम्बु बढुवा प्रतिस्पर्धाको अन्तिम सूचीमा थिए । बढुवा सूचीको ९ औँ नम्बरका सन्तोष तामाङ चौथो नम्बरमा बढुवा भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पीएसओ भएर डीएसपी विनोद घिमिरेले लामो समय काम गरे । प्रतिस्पर्धा सूचीको १२ औँ नम्बरका घिमिरेलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
आईजीपी वसन्त कुँवर नेतृत्वको बढुवा समितिले निकालेको बढुवा सिफारिस सूचीमा प्रतिस्पर्धाको १ नम्बरमा रहेका डीएसपी प्रदीप बहादुर क्षेत्री छुटेका छन् । ६ नम्बर वरियतामा रहेका नारायण रंजितकार पनि बढुवाको सूचीमा परेनन् ।
बढुवा सूचीको पछाडि रहेका पीएसओहरूसहित ढकेन्द्र खतिवडा, अङ्गुर जिसी, यादव ढकाल, श्याम बाबु ओलिया र निरञ्जन दत्त भट्टलाई एसपीमा बढुवा सिफारिस गरिएको छ । भट्टले भुटानी शरणार्थीको नाममा ठगी गरेको घटनाको अनुसन्धान गरेका हुन् । बढुवा सिफारिस भएका ८ जना २०७२ साउन १ मा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका थिए ।
नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा गर्दा कार्यक्षमताको आधारमा गरिएको थियो । तर, सो भन्दा माथिल्लो दर्जामा वरीयता मिचिएन । यसपटक वरीयता नमिच्ने आफ्नो अडानबाट आईजीपी वसन्त कुँवर पछाडि हटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण