प्रचण्ड र ओलीका पीएसओलाई एसपी बढुवामा प्राथमिकता

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पीएसओहरुले बढुवामा प्राथमिकता पाएका छन् । बुधवार राति प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीहरूलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरिएको छ ।
८ जनामध्ये ३ जना प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) भएर काम गरेको अधिकृतहरू छन् ।
बढुवा सिफारिस भएका राजन लिम्बु र सन्तोष तामाङ एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पीएसओ थिए । ओलीसँग लामो समय काम गरेका लिम्बु बढुवा प्रतिस्पर्धाको अन्तिम सूचीमा थिए । बढुवा सूचीको ९ औँ नम्बरका सन्तोष तामाङ चौथो नम्बरमा बढुवा भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पीएसओ भएर डीएसपी विनोद घिमिरेले लामो समय काम गरे । प्रतिस्पर्धा सूचीको १२ औँ नम्बरका घिमिरेलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
आईजीपी वसन्त कुँवर नेतृत्वको बढुवा समितिले निकालेको बढुवा सिफारिस सूचीमा प्रतिस्पर्धाको १ नम्बरमा रहेका डीएसपी प्रदीप बहादुर क्षेत्री छुटेका छन् । ६ नम्बर वरियतामा रहेका नारायण रंजितकार पनि बढुवाको सूचीमा परेनन् ।
बढुवा सूचीको पछाडि रहेका पीएसओहरूसहित ढकेन्द्र खतिवडा, अङ्गुर जिसी, यादव ढकाल, श्याम बाबु ओलिया र निरञ्जन दत्त भट्टलाई एसपीमा बढुवा सिफारिस गरिएको छ । भट्टले भुटानी शरणार्थीको नाममा ठगी गरेको घटनाको अनुसन्धान गरेका हुन् । बढुवा सिफारिस भएका ८ जना २०७२ साउन १ मा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका थिए ।
नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा गर्दा कार्यक्षमताको आधारमा गरिएको थियो । तर, सो भन्दा माथिल्लो दर्जामा वरीयता मिचिएन । यसपटक वरीयता नमिच्ने आफ्नो अडानबाट आईजीपी वसन्त कुँवर पछाडि हटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बेरिङटनको शतक, नेपालसामु विशाल लक्ष्य
-
आयल निगमका गण्डकी प्रदेश प्रमुखलगायतलाई भ्रष्टाचार मुद्दा
-
प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार
-
नेपाल सद्भावना पार्टी बिक्रीमा !
-
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता : भलिबलतर्फ बझाङ र कैलालीलाई उपाधि
-
फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्ति रोक्न माग गर्दै ज्ञापनपत्र