२५० करोडको बंगला छोरीको नाममा गर्दैछन् रणवीर कपूर
नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्टले लामो समयसम्म छोरी राहाको अनुहार सार्वजनिक गरेनन् । केही महिनाअघि मात्रै कपूर दम्पतीले छोरीको अनुहार सार्वजनिक गरे । राहा जन्मिने बित्तिकै स्टार भइन् । राहा अब सबैभन्दा धनी स्टार किड बन्न सक्ने बताइएको छ ।
रणवीर र आलियाले बान्द्रामा आफ्नो ड्रिम हाउस बनाइरहेका छन् । गएको एक वर्षयता यो घर बनाउने काम धमाधम भइरहेको छ । हालै मात्र रणवीर, आलिया र नितू कपूर घर बनिरहेको स्थानमा सँगै देखिएका थिए । बलिउड लाइफको रिपोर्टलाई पत्याउने हो भने रणवीर यो घर छोरी राहा कपूरको नाममा गर्न चाहन्छन् । यो घरमा कपूर दम्पतीले आफ्नो सारा कमाई खर्च गरिरहेका छन् । घर २ अर्ब ५० करोड भारुमा बनेर तयार हुने बताइएको छ ।
यो घर मुम्बईको सबैभन्दा महँगो ठाउँमा बन्दैछ । यो घर शाहरुख खानको मन्नत र अमिताभ बच्चनको जल्सासँगै मुम्बईको सबैभन्दा महँगो घर हुनेछ । रणबीरले घरको नाम छोरी राहाको नाममा राख्ने अनि घर पनि छोरीलाई दिने अनुमान बढिरहेको छ ।
यस्तो भयो भने राहा बलिउडको सबैभन्दा धनी स्टार किड बन्नेछिन् । यो घरमा कपूर खानदान सँगसँगै बस्ने बताइएको छ । अहिले नै रणवीर–आलियासँग बान्द्रामा ४ ओटा फ्ल्याट छ । यी सबैको मूल्य ६० करोड भारु भन्दा धेरै भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण