शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
टीआरसी विधेयक

टीआरसीमा कांग्रेस लचिलो नहुने नेता शेखर कोइरालाको स्पष्टोक्ति

बिहीबार, १५ चैत २०८०, २० : ५५
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो दल संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा लचिलो नहुने बताएका छन् ।

साप्ताहिक पत्रिकाका सम्पादकहरूसँग बिहीबार भएको छलफलमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोचे जस्तो लचिलो कांग्रेस नहुने बताए । विधेयकबारे संसदीय समितिमा छलफल भइरहेको छ ।

‘टीआरसीमा कांग्रेस त लचिलो छँदैछ, अब एमालेलाई सहमत गराउन सकिएमा संसदबाट टीआरसी पास हुन सक्छ भन्ने सोचले नै प्रचण्डले कांग्रेस छाडेको हुन सक्ने मेरो ठम्याइ रहेको छ । तर टीआरसीमा प्रचण्डजीले सोचे जस्तो कांग्रेस लचिलो हुनै सक्दैन,’ उनले भने ।

उनले आफ्नो कारण गठबन्धन नटुटेको दाबी पनि गरे ।

‘मेरो कारणले प्रचण्ड कांग्रेस छाडेर हिँडेका होइनन्, मुख्य कुरा १० महिनापछि प्रधानमन्त्री छाड्नै पर्ने बाध्यताले कुर्सी जोगाउन र अर्को टीआसरी होला,’ उनले भने ।

कोइरालाले संविधानमा सुधार जरुरी रहेको उल्लेख गर्दै कांग्रेस र एमाले लगायतका दलहरू नमिलेसम्म संविधानमा आवश्यक सुधार गर्न सम्भव नहुने बताए ।

नेता डा. कोइरालाले  कांग्रेसको आगामी महाधिवेशन समयमै हुनेमा शङ्का व्यक्त गरे ।

‘आगामी महाधिवेशन नियमित रूपमा गर्ने हो भने अब २ वर्षभित्रै गर्नु पर्छ, तर हाम्रो महाधिवेशन २ वर्षभित्र हुने कुरामा मलाई विश्वास छैन,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप