टीआरसीमा कांग्रेस लचिलो नहुने नेता शेखर कोइरालाको स्पष्टोक्ति
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो दल संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा लचिलो नहुने बताएका छन् ।
साप्ताहिक पत्रिकाका सम्पादकहरूसँग बिहीबार भएको छलफलमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोचे जस्तो लचिलो कांग्रेस नहुने बताए । विधेयकबारे संसदीय समितिमा छलफल भइरहेको छ ।
‘टीआरसीमा कांग्रेस त लचिलो छँदैछ, अब एमालेलाई सहमत गराउन सकिएमा संसदबाट टीआरसी पास हुन सक्छ भन्ने सोचले नै प्रचण्डले कांग्रेस छाडेको हुन सक्ने मेरो ठम्याइ रहेको छ । तर टीआरसीमा प्रचण्डजीले सोचे जस्तो कांग्रेस लचिलो हुनै सक्दैन,’ उनले भने ।
उनले आफ्नो कारण गठबन्धन नटुटेको दाबी पनि गरे ।
‘मेरो कारणले प्रचण्ड कांग्रेस छाडेर हिँडेका होइनन्, मुख्य कुरा १० महिनापछि प्रधानमन्त्री छाड्नै पर्ने बाध्यताले कुर्सी जोगाउन र अर्को टीआसरी होला,’ उनले भने ।
कोइरालाले संविधानमा सुधार जरुरी रहेको उल्लेख गर्दै कांग्रेस र एमाले लगायतका दलहरू नमिलेसम्म संविधानमा आवश्यक सुधार गर्न सम्भव नहुने बताए ।
नेता डा. कोइरालाले कांग्रेसको आगामी महाधिवेशन समयमै हुनेमा शङ्का व्यक्त गरे ।
‘आगामी महाधिवेशन नियमित रूपमा गर्ने हो भने अब २ वर्षभित्रै गर्नु पर्छ, तर हाम्रो महाधिवेशन २ वर्षभित्र हुने कुरामा मलाई विश्वास छैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण