उपनिर्वाचन
इलाम-२ मा रास्वपाको उम्मेदवारी घोषणा शनिबार
शुक्रबार, १६ चैत २०८०, १७ : २०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार इलाम-२ को उपनिर्वाचनका लागि औपचारिक उम्मेदवार घोषणा गर्दैछ । रास्वपाले दलबलसहित शनिबार दिउँसो १ बजे इलाम नगरपालिका— ७ लाँकुरी चौताराको चोक बजारमा उम्मेदवारी घोषणा गर्न लागेको हो ।
रास्वपाले बिहीबार मात्रै इलाम—२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उम्मेदवारी घोषणा सभालाई सभापति रवि लामिछाने र उपसभापति डा.स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सह महामन्त्री कवीन्द्र बुर्लाकोटी, सह—प्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य तोसिमा कार्कीलगायतका नेताले सम्बोधन गर्ने छन् । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण