इलाम– २ मा रास्वपाबाट उम्मेदवार बनेका लिम्बुलाई गर्यो माओवादीको पत्रकार सङ्गठनले कारबाही
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)बाट इलाम– २ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बुलाई माओवादी केन्द्रको पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले कारबाही गरेको छ ।
शुक्रबार प्रेस सेन्टरमा महासचिव सन्तोष पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै सो सङ्गठनका सचिव रहेका लिम्बुले सङ्गठनको नेतृत्वको सुझाव र निर्देशनसमेत बेवास्ता गरी चरम अवसरवादी प्रवृत्तिको प्रदर्शन गरेको भन्दै सङ्गठनको सबै जिम्मेवारीबाट हटाइएको जनाएका छन् ।
सङ्गठनको नीति, विधि, विधान र आचरणविपरीत विगत केही समयदेखि सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनिक अभिव्यक्ति दिने तथा अनुशासनविपरीत गतिविधि गरिरहेको, पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवार बनेको देखिएको उनले जनाएका छन् ।
प्रेस सेन्टर नेपालको अनुशासन समितिको सिफारिसमा शुक्रबारदेखि सबै जिम्मेवारीबाट हटाइएको पौडेलले जानकारी गराएका छन् ।
रास्वपाबाट उम्मेदवार बनेका लिम्बुलाई पार्टीले शनिवार औपचारिक रूपमा उम्मेदवारको रूपमा इलाममा सार्वजनिक गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण