शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

इलाम– २ मा रास्वपाबाट उम्मेदवार बनेका लिम्बुलाई गर्‍यो माओवादीको पत्रकार सङ्गठनले कारबाही

शुक्रबार, १६ चैत २०८०, १५ : २४
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)बाट इलाम– २ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बुलाई माओवादी केन्द्रको पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले कारबाही गरेको छ ।

शुक्रबार प्रेस सेन्टरमा महासचिव सन्तोष पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै सो सङ्गठनका सचिव रहेका लिम्बुले सङ्गठनको नेतृत्वको सुझाव र निर्देशनसमेत बेवास्ता गरी चरम अवसरवादी प्रवृत्तिको प्रदर्शन गरेको भन्दै सङ्गठनको सबै जिम्मेवारीबाट हटाइएको जनाएका छन् ।

सङ्गठनको नीति, विधि, विधान र आचरणविपरीत विगत केही समयदेखि सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनिक अभिव्यक्ति दिने तथा अनुशासनविपरीत गतिविधि गरिरहेको, पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवार बनेको देखिएको उनले जनाएका छन् ।

प्रेस सेन्टर नेपालको अनुशासन समितिको सिफारिसमा शुक्रबारदेखि सबै जिम्मेवारीबाट हटाइएको पौडेलले जानकारी गराएका छन् ।

रास्वपाबाट उम्मेदवार बनेका लिम्बुलाई पार्टीले शनिवार औपचारिक रूपमा उम्मेदवारको रूपमा इलाममा सार्वजनिक गर्दैछ । 

434053275_976464157279341_2972202195954118430_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप