सिरियामा इजरायली हवाई आक्रमण, कम्तीमा ४२ जनाको मृत्यु
दमास्कस । उत्तरपश्चिम सिरियामा भएको हवाई हमलामा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । सिरियाली रक्षा मन्त्रालयले इजरायली विमानले स्थानीय समय अनुसार बिहान २:४५ बजे अलेप्पो नजिकका धेरै ठाउँहरूलाई निशाना बनाएको जनाएको छ।
बेलायतमा रहेको अनुगमन संस्थाले हिजबुल्लाहको हतियार भण्डारलाई निशाना बनाएर गरिएको यस हमलामा हिजबुल्लाह लडाकुका साथै धेरै सिरियाली सैनिक मारिएको बताएको छ। आक्रमणको केही घण्टापछि इजरायली सेनाले लेबनानमा भएको हवाई हमलामा हिजबुल्लाहका वरिष्ठ नेता अली अबेद अख्सान नइम मारिएको बताएको थियो।
इजरायली सेनाका अनुसार उनी हिजबुल्लाहको क्षेप्यास्त्र र रकेट इकाईका उपकमाण्डर थिए र इजरायली नागरिकहरूमाथि हमला गर्ने योजना बनाउने र अभियान सञ्चालन गर्न जिम्मेवार थिए। इजरायलको दाबीमा हिजबुल्लाहको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
हमासबाहेक सिरिया, इरान र हिजबुल्लाह सबै इजरायलको अस्तित्वको विरोध गर्छन्। अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणपछि इजरायल र हिजबुल्लाहबिच एक अर्कामाथि आक्रमण बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण