‘मेरो माया तिम्रो लागि’ भन्दै गरिमा फकाउँदै रूपक

काठमाडौँ । लोकप्रिय गायक रूपक डोटेलको नयाँ गीत ‘मेरो माया तिम्रो लागि’ सार्वजनिक भएको छ । मनि सुवेदीको प्रस्तुति तथा शब्द रहेको गीतमा साहस शाक्यको एरेन्ज रहेको गीतमा संगीत गायक डोटेल आफैले भरेका छन् ।
सेन्टिमेन्ट शैलीमा प्रेमपिडा ब्यक्त गरिएको गीत कर्णप्रिय छ । गीतमा गायकले प्रेमीकाले आफ्नो माया नबुझेको गुनासोहरू पोखेका छन् । गीतको भिडियो एक जोडी प्रेमीको प्रेम र बिछोड देखाउन खोजिएको छ । भिडियोमा गायक डोटेल आफै देखिएका छन्, भने उनलाई अभिनयमा साथ गरिमा शर्माले दिएकी छन् । भिडियोमा दुवैको जोडी सुहाउँदो देखिएको छ ।
उत्तम हुमागाईँको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको भिडियो गायक डोटेलको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोका निर्देशक निकेश खड्का हुन् ।
५०० भन्दा बढी गीतमा स्वर दिइसकेका गायक डोटेल पछिल्लो समयका चलेका गायक हुन् । गायक डोटेलका ‘बनकी चरी’, ‘सानुमाया’, ‘मेरो बोली सुन्दा’, ‘चोखो माया लाकै हो नि माया’लगायत थुप्रै हिट छन् । डोटेल बहुप्रतिभाशाली गायक हुन् । उनी सेन्टिमेन्टका अलवा सेमिक्लासिक, लोक, पप र पाश्र्व गायनमा समेत चिनिदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विद्यालय शिक्षा विधेयक अन्योलमादेखि सुनमा पाइलैपिच्छे कर
-
हामी विगतबाट सिक्छौँ, वर्तमानको सामना गर्छौँ र भविष्यबारे सोच्छौँ
-
१२ वर्षमा १० वटा सरकार : कसरी फस्यो सरकार अस्थिरताको चक्रव्यूहमा ?
-
‘ई–स्पोर्टस्’मा नाम र दाम कमाउँदै ‘जेन–जी’ पुस्ता
-
जेन–जी युवाले अध्ययन र अदालतमा देखेको अन्तर
-
विकासबारे ‘जेन–जी’को बुझाइ र अपेक्षा कस्तो छ ?