‘मेरो माया तिम्रो लागि’ भन्दै गरिमा फकाउँदै रूपक
काठमाडौँ । लोकप्रिय गायक रूपक डोटेलको नयाँ गीत ‘मेरो माया तिम्रो लागि’ सार्वजनिक भएको छ । मनि सुवेदीको प्रस्तुति तथा शब्द रहेको गीतमा साहस शाक्यको एरेन्ज रहेको गीतमा संगीत गायक डोटेल आफैले भरेका छन् ।
सेन्टिमेन्ट शैलीमा प्रेमपिडा ब्यक्त गरिएको गीत कर्णप्रिय छ । गीतमा गायकले प्रेमीकाले आफ्नो माया नबुझेको गुनासोहरू पोखेका छन् । गीतको भिडियो एक जोडी प्रेमीको प्रेम र बिछोड देखाउन खोजिएको छ । भिडियोमा गायक डोटेल आफै देखिएका छन्, भने उनलाई अभिनयमा साथ गरिमा शर्माले दिएकी छन् । भिडियोमा दुवैको जोडी सुहाउँदो देखिएको छ ।
उत्तम हुमागाईँको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको भिडियो गायक डोटेलको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोका निर्देशक निकेश खड्का हुन् ।
५०० भन्दा बढी गीतमा स्वर दिइसकेका गायक डोटेल पछिल्लो समयका चलेका गायक हुन् । गायक डोटेलका ‘बनकी चरी’, ‘सानुमाया’, ‘मेरो बोली सुन्दा’, ‘चोखो माया लाकै हो नि माया’लगायत थुप्रै हिट छन् । डोटेल बहुप्रतिभाशाली गायक हुन् । उनी सेन्टिमेन्टका अलवा सेमिक्लासिक, लोक, पप र पाश्र्व गायनमा समेत चिनिदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण