सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बालबालिकामाथि अत्यधिक निगरानी र नियन्त्रण किन राम्रो होइन ?

शनिबार, १७ चैत २०८०, ११ : ५१
शनिबार, १७ चैत २०८०

काठमाडौँ । अभिभावकत्व सजिलो काम होइन। बालबालिकाको राम्रो हेरचाह गर्नेदेखि लिएर उनीहरूलाई हरेक राम्रा-नराम्रा कुरा बुझाउनेसम्म आमाबुवाका लागि गाह्रो काम हो । 

धेरै पटक बच्चाहरूले जानेर वा नजानेर गलत कदम चाल्छन् र यसले गर्दा धेरै अभिभावकको तनाव बढ्छ। यी सबै कुराहरूबाट बच्नको लागि, धेरै आमाबाबुले दिनको २४ घण्टा आफ्ना छोराछोरीमाथि नजिकबाट निगरानी राख्छन् । उनीहरू खानपानदेखि लिएर बालबालिकाको सुत्ने र ब्युँझनेसम्म सबै कुराको ख्याल राख्छन् । 

यसो गर्नु राम्रो कुरा हो । तर यसले छोराछोरीमा नराम्रो असर पर्छ भन्ने कुरा धेरै अभिभावकलाई थाहा नहुन सक्छ । बच्चाहरूलाई अत्यधिक निगरानी र नियन्त्रण गर्ने बानीलाई  विज्ञहरूले हेलिकप्टर पेरेन्टिङ भनेका छन्।

द क्लिभल्याण्ड क्लिनिकले हेलिकप्टर पेरेन्टिङलाई प्रायः ओभरपेरेन्टिङ भनेर व्याख्या गरेको छ। आफ्नो बच्चाको हरेक गतिविधिमा सधैँ नजर राख्ने र उसको वरिपरि घुमिरहने अभिभावकहरू, त्यसलाई हेलिकप्टर पेरेन्टिङ भनिन्छ। 

अभिभावकहरूले आफ्ना छोराछोरीमाथि सधैँ नजर राख्नु राम्रो हुन्छ भन्ने ठान्छन् तर स्वास्थ्य विशेषज्ञ र अनुसन्धानका अनुसार अभिभावकको यो विधिले बालबालिकाको विकासमा बाधा पुर्‍याउन सक्छ । बालबालिकाको जीवनमा अत्यधिक हस्तक्षेप र उनीहरूको हरेक गतिविधि र वार्तालापको निगरानी उनीहरूको विकासका लागि राम्रो मानिँदैन । 

यसका कारण बालबालिकाको छिटो विकास हुन सक्दैनन् र कहिलेकाहीँ उनीहरूको मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर पर्न सक्छ । यस प्रकारको अभिभावकत्वका फाइदाहरू पनि छन्, तर यसले हानिहरू पनि निम्त्याउँछ।

हेलिकप्टर पेरेन्टिङका कारण  बच्चाले आफैँ चुनौतीहरूको सामना गर्न असक्षम र असहज महसुस गर्छन्। बच्चाहरूले अक्सर गल्ती गर्छन् र तिनीहरूबाट धेरै महत्त्वपूर्ण कुराहरू सिक्छन्, तर अभिभावकत्वको यो विधिमा बच्चाहरूले गल्ती गरेर आफैँ पाठ सिक्न सक्षम हुँदैनन्। उनीहरूलाई गल्ती गर्ने मौका दिइँदैन। 

हेलिकप्टर पेरेन्टिङका कारण बालबालिकाहरू सामाजिक व्यवहार गर्न सक्दैनन् र मानिसहरूका अगाडि हिचकिचाउँछन्। छोराछोरीले आफ्ना साथीहरूलाई आमाबाबुसँग परिचय गराउन सहज महसुस गर्दैनन्। 

बच्चाहरू ठुलो हुँदै जाँदा समस्याहरू आफैँ समाधान गर्ने कला सिक्छन्, तर अति अभिभावकत्वले उनीहरूलाई यो महत्त्वपूर्ण कुरा सिक्नबाट रोक्न सक्छ। यस्ता बालबालिका आफ्ना अभिभावकलाई खुलेर केही भन्न सक्दैनन् र भित्रभित्रै निसास्सिएर बस्छन् । यसले उनीहरूको मानसिक स्वास्थ्य बिग्रन्छ ।

हेलिकप्टर प्यारेन्टिङ बालबालिकाका लागि मात्र होइन अभिभावकका लागि पनि हानिकारक छ। एक अनुसन्धानले हेलिकप्टर पेरेन्टिङले तनाव, चिन्ता र डिप्रेसन निम्त्याउन सक्छ। यस्ता अभिभावकले बालबालिकालाई मानसिक समस्यातर्फ धकेल्न सक्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप