नेपालसामु जितका लागि २ सय २५ रनको लक्ष्य
काठमाडौँ । पिटर मुर र निल रकको विस्फोटक ब्याटिङको मद्दतले आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ सामु जितका लागि २ सय २५ रनको लक्ष्य राखेको छ । दोस्रो टी–२० खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको हो ।
आयरल्याण्डका लागि पिटर मुरले ६५ रनको शानदार इनिङ्स खेले । उनले मात्र २६ बलमा ३ चौका र ७ छक्का हिर्काए ।
कप्तान निल रकले ३४ बलमा ७१ रनको विस्फोटक पारी खेले । उनले एक चौका र ७ छक्का प्रहार गरे । त्यस्तै, जेम्स म्याकोलमले २६ रन, फियोन ह्यान्डले १९ रन तथा रस अदिरले १७ रनको योगदान दिए ।

नेपालका लागि सागर ढकालले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र ३३ रन खर्चिए । त्यस्तै कमल ऐरी र पवन शर्राफले एक–एक विकेट लिए ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल आयरल्याण्डसँग २१ रनले पराजित भएको थियो । लोकश बमको शतकीय पारिका बाबजुद नेपाल पराजित भएको थियो ।
बमले विस्फोटक ब्याटिङ गर्दै १०६ रनको शतकीय पारी खेले पनि जित दिलाउन त्यो पर्याप्त भएन । जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण