सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
टी–२० क्रिकेट

नेपालसामु जितका लागि २ सय २५ रनको लक्ष्य

शनिबार, १७ चैत २०८०, १४ : ४६
शनिबार, १७ चैत २०८०

काठमाडौँ । पिटर मुर र निल रकको विस्फोटक ब्याटिङको मद्दतले आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ सामु जितका लागि २ सय २५ रनको लक्ष्य राखेको छ । दोस्रो टी–२० खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको हो ।

आयरल्याण्डका लागि पिटर मुरले ६५ रनको शानदार इनिङ्स खेले । उनले मात्र २६ बलमा ३ चौका र ७ छक्का हिर्काए । 

कप्तान निल रकले ३४ बलमा ७१ रनको विस्फोटक पारी खेले । उनले एक चौका र ७ छक्का प्रहार गरे । त्यस्तै, जेम्स म्याकोलमले २६ रन, फियोन ह्यान्डले १९ रन तथा रस अदिरले १७ रनको योगदान दिए ।

नेपालका लागि सागर ढकालले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र ३३ रन खर्चिए । त्यस्तै कमल ऐरी र पवन शर्राफले एक–एक विकेट लिए ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल आयरल्याण्डसँग २१ रनले पराजित भएको थियो ।  लोकश बमको शतकीय पारिका बाबजुद नेपाल पराजित भएको थियो । 

बमले विस्फोटक ब्याटिङ गर्दै १०६ रनको शतकीय पारी खेले पनि जित दिलाउन त्यो पर्याप्त भएन । जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप