वीरगन्जबाट अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिक पक्राउ
वीरगन्ज । पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले शनिबार साँझ अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिकलाई वीरगन्जबाट पक्राउ गरेको हो ।
वीरगन्जको लक्ष्मणवामा बसेर अनलाइनमार्फत ठगी गर्ने २ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले जानकारी दिए ।
पक्राउ परेकाहरूसँग आवश्यक अनुसन्धान भइरहेकोले नाम गोप्य राखिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूबाट ७०/८० थान डेस्कटप मोनिटर, करिब २५ थान मोबाइल, ल्यापटपसहितका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसरी पक्राउ परे चिनियाँ नागरिक
पर्सा प्रहरीको विशेष सूचना सङ्कलन टोलीले केही साता अगाडि चिनियाँ नागरिक वीरगन्जमा आवतजावत गरिरहेको नोटिस गर्यो । वीरगन्जमा चिनियाँ नागरिक घुमिरहेको सूचना पाएपछि प्रहरीले आफ्नो सतर्कता बढाएको थियो ।
प्रहरी सक्रियता बढाएसँगै गोप्यरुपमा उनीहरूको निगरानी गर्न थाल्यो । त्यसपछि प्रहरीले फेला पार्यो–उनीहरूको बस्ने घर र कार्यालय । सोही क्रममा प्रहरीले शनिबार साँझ (आज) उनीहरू बस्ने घरमा छापा मार्यो । त्यसपछि प्रहरीले लगत्तै कार्यालय सञ्चालन भइरहेको घरमा छापा मारेको थियो । कार्यालयबाट २ चाइनिज नागरिकसहित सामान बरामद गरेको छ ।
वीरगन्जमा पहिलोपटक अन्तर्राष्ट्रिय ठगी धन्दा चलाइरहेको अन्तर्राष्ट्रिय गिरोहलाई पक्राउ गर्न सफलता मिलेको प्रहरीको भनाइ छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा चिनियाँ नागरिकले वीरगन्जमा पूरै घर भाडामा लिएर ठगी धन्दा चलाइरहेका थिए ।
उनीहरुले २ महिनादेखि घर भाडामा लिएर अनलाइन ठगी धन्दा चलाइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण