जिल्लादेखि सर्वोच्च अदालतसम्मका न्यायाधीशको मोबाइल रेकर्ड मोनिटर हुनुपर्छ : अमरेशकुमार सिंह (भिडियोसहित)
काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले जिल्लादेखि सर्वोच्च अदालतसम्मका न्यायाधीशले गरेको न्याय निरूपणको बारेमा संसदीय छानबिन गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले न्यायपालिकाको जिल्ला वा उच्च वा सर्वोच्चले फैसला गर्दा कानुनको आधारमा हुनुपर्ने बताउँदै व्यक्तिको अनुहार हेरेको आधारमा फैसला गर्न नहुने बताए ।
उनले भने– ‘जिल्लादेखि सर्वोच्च अदालतसम्मका न्यायाधीशको मोबाइल रेकर्ड मोनिटर हुनुपर्छ । कुन नेताको पहुँचका आधारमा निर्णय प्रभावित हुने गर्छ । न्यायपालिकामा नियुक्ति राजनीतिक भागबन्डामा आधारित भएर भइरहेको छ । तर भागवण्डाका आधारमा निर्णय गर्ने प्रक्रिया त्यो दुःखद कुरा हो, यसले न्यायपालिकाको छविलाई माथि पुर्याउँदैन र देशको न्याय प्रणालीलाई नै प्रश्न उठाउँछ ।’
वर्षौँदेखि भष्टाचारको मुद्दा, देशको राजस्वसँग जोडिएको मुद्दा, अर्थतन्त्रसँग जोडिएको मुद्दालाई न्यायपालिकाले बर्षौ वर्षदेखि पेशी नदिने तर कसैको राजनीतिक प्रभाव छ भने महिनामा ५ वटा पेशी तोक्ने र जर्वजस्ती फैसला गर्ने अवस्था रहेको बताए ।
उनले भने– ‘विगतमा पनि न्यायपालिका बदनाम थियो, अहिले पनि यस्तै रह्यो भने, देशमा विश्वासको खडेरी उठिरहेका बेलामा, कार्यपालिका ध्वस्त भएको बेलामा, कार्यपालिकामाथि विश्वास नभएको बेलामा यस्तो हुनु दुर्भाग्यपूर्ण हो । न्यायाधीशहरुको आचरणको सम्बन्धमा अध्ययन गर्न एउटा संसदीय छानबिन होस् । संसदीय छानबिन समितिले पनि हेर्न पाओस कि कुन न्याय निरूपण कसरी भइरहेको छ ।’
सामान प्रकृतिका मुद्दामा सर्वोच्चले फरक फरक फैसला गरेर आफ्नै नजिर काट्ने काम गरेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण