आगामी हप्तादेखि एक्समा ग्रोक–१.५ च्याटबोट उपलब्ध हुने
क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको स्टार्ट अप कम्पनी एक्सएआईको पछिल्लो च्याटबोट ग्रोक–१.५ आगामी हप्तादेखि प्रयोगकर्तामाझ उपलब्ध हुनेछ । माइक्रो ब्लगिङ वेबसाइट एक्समा आगामी हप्तादेखि च्याटबोट उपलब्ध हुने मस्कले शुक्रबार एक्समा एउटा पोष्ट गर्दै भनेका हुन् । ग्रोक–१.५ च्याटबोट ग्रोकको परिष्कृत संस्करण हो ।
एक्सएआईले जारी गरेको विज्ञप्तिका अनुसार ग्रोकका विद्यमान प्रयोगकर्ता र टेष्टरहरूमाझ यसलाई सुरुमा उपलब्ध गराइनेछ । एआईलाई मनव जगतको हितमा प्रयोग गर्ने च्याट जीपीटीको मिसन थियो । तर यो मिसन त्यागेर मुनाफा कमाउनतिर लागेको भन्दै यो महिनाको सुरुमा मस्कले ओपनएआईमाथि मुद्दा दायर गरेका थिए ।
यसपछि मस्कले एक्सएआईले ग्रोकलाई ओपन सोर्स गर्ने बताएका थिए । ओपनएआई मस्कले स्थापना गरेको कम्पनीको हो । च्याटजीपीटीबाट बाहिरिएपछि अल्फाबेटको गुगल र ओपनएआईसँग प्रतिस्पर्धा गर्न उनले गएको वर्ष एक्सएआई लन्च गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण