ज्ञानेन्द्र शाहीको प्रश्न : भ्रष्ट न्यायाधीशलाई मुगुमा सरुवा गरेर कर्णालीलाई डम्पिङ साइट बनाउने ? (भिडियोसहित)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्ट कर्मचारीलाई कारबाही भनेर कर्णालीका जिल्लामा सरुवा गर्ने सरकारको प्रवृत्तिको आलोचना गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै शाहीले काम गर्न नसक्ने र भ्रष्टाचारी कर्मचारीलाई कर्णालीमा सरुवा गरेर सरकारले डम्पिङ साइट बनाउन खोजेको हो भन्दै प्रश्न गरे ।
शाहीले भने– ‘२०८० साल माघ २९ गते समाचारमा के आएको थियो भने, अरुण चौधरीलाई रिहा गर्ने न्यायाधीश कारबाहीमा भनेर लेखेको थियो । त्यहाँ लेखेको थियो, काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्य मुगु सरुवा भए । यहाँ अपराध गर्ने, भ्रष्टाचार गर्ने कर्मचारीलाई मुगु पठाएर डम्पिङ साइट बनाउन खोजेको हो ? यदि डम्पिङ साइट बनाउने हो भने नेपालबाट अलग बनाउने हिम्मत राख्नुस् । हामी दमका साथ लड्छौँ, विशाल खस साम्राज्यको इतिहास छ ।’
काम गर्न नसक्ने, कारबाहीमा पर्नुपर्ने कर्मचारी कर्णाली सरुवा गर्ने प्रवृत्तिप्रति आपत्ति जनाए । यस्तै उनले कर्णाली राजमार्ग निर्माण गर्न माग गरेका छन् ।
आगामी आर्थिक वर्षमा बजेट निर्माण गर्दा कर्णालीको विकासका लागि २ अर्ब बजेटको व्यवस्था गर्न शाहीको माग छ । उनले कर्णालीबाट स्याउ, जडीबुटी तथा रारा ताल लक्षित पर्यटन विकासबाट वार्षिक अरबौँ रुपैयाँ आम्दानी गर्न सक्ने सम्भावनाप्रति सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण