‘मीरा : स्याडो अफ अ रेन्बो’मा एक आमाको सङ्घर्षपूर्ण कथा
आइतबार, १८ चैत २०८०, १४ : २६
काठमाडौँ । एक आमाको सङ्घर्षपूर्ण कथामा बनेको फिल्म हो ‘मीरा : स्याडो अफ अ रेन्बो’ । फिल्म प्रदर्शनमा लागि तयार भएको छ । निर्माण युनिटले फिल्मको दुई पोष्टर सार्वजनिक गर्दै फिल्म तयार भएको जनाएको हो ।
एक बच्चामा देखिएको अटिजम (अस्वाभाविक सजग मानसिक स्थिति) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथा फिल्ममा छ ।
फिल्म अनिता पण्डितले निर्देशन गरेकी हुन् । फिलमबाट समाज परिवर्तनको लागि सामाजिक मुद्दामा फिल्म बनाएको पण्डितले बताइन् ।
पण्डितको समेत मुख्य भूमिका रहेको फिल्ममा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको अभिनय देख्न सकिन्छ । फिल्म आश्वि फिल्मसले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोनाल्ड ट्रम्पलाई ‘आकस्मिक मृत्यु’ को चेतावनी
-
खाद्य र ऊर्जा सङ्कटको जोखिम : आपूर्ति प्रणाली सुदृढ बनाउन योजना आयोगको जोड
-
गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता
-
राष्ट्रिय गौरवका आयोजना घटाउन आयोगको प्रस्ताव : कुन आयोजनाको प्रगति कति?
-
केन्द्रीय सर्भरमा प्राविधिक समस्या, देशभरका यातायात कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा प्रभावित
-
नयाँ सार्वजनिक खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्ने निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण