बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘मीरा : स्याडो अफ अ रेन्बो’मा एक आमाको सङ्घर्षपूर्ण कथा

आइतबार, १८ चैत २०८०, १४ : २६
आइतबार, १८ चैत २०८०

काठमाडौँ । एक आमाको सङ्घर्षपूर्ण कथामा बनेको फिल्म हो ‘मीरा : स्याडो अफ अ रेन्बो’ । फिल्म प्रदर्शनमा लागि तयार भएको छ । निर्माण युनिटले फिल्मको दुई पोष्टर सार्वजनिक गर्दै फिल्म तयार भएको जनाएको हो ।

एक बच्चामा देखिएको अटिजम (अस्वाभाविक सजग मानसिक स्थिति) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथा फिल्ममा छ । 

फिल्म अनिता पण्डितले निर्देशन गरेकी हुन् । फिलमबाट समाज परिवर्तनको लागि सामाजिक मुद्दामा फिल्म बनाएको पण्डितले बताइन् ।

पण्डितको समेत मुख्य भूमिका रहेको फिल्ममा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको अभिनय देख्न सकिन्छ । फिल्म आश्वि फिल्मसले निर्माण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप