जब ट्रम्पले बाइडेनको हात खुट्टा बाँधेको तस्बिर शेयर गरे
वासिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो सामाजिक सञ्जालमा अमेरिकाका वर्तमान राष्ट्र जो बाइडेनको हात खुट्टा बाँधिएको तस्बिर शेयर गरेका छन् । शुक्रबार मध्याह्नतिर ट्रम्पले ट्रूथमा लङ आइल्यान्डमा बिहीबार खिचिएको एउटा भिडियो शेयर गरेका थिए । यो भिडियो २० सेकेन्डको छ ।
यसमा एउटा पिकअप ट्रकको पछाडिपट्टि हात खुट्टा बाँधिएका बाइडेनको तस्बिर टाँसिएको पनि छ । तस्बिर हेर्दा बाइडेन अपहरणमा परेको जस्तो देखिन्छन् । पोस्टमा उनले ‘लङ्ग आइल्यान्ड, न्यूयोर्क’ लेखेका छन् । यो पोस्ट गएको हप्ता ट्राफिक स्टपमा मारिएका न्यूयोर्क प्रहरी विभागका अधिकारी जोनाथन डिलरलाई इङ्गित गरिएको बुझिएको छ । बाइडेनको हात खुट्टा बाँधिएको यो तस्बिर अहिले सामाजिक सञ्जालहरूमा भाइरल भइरहेका छन् ।
- राजनीतिक हिंसा भड्काइरहेछन् ट्रम्प ?
यो फोटोका कारण ट्रम्पले व्यापक आलोचना खेप्नु परिरहेको छ । यो फोटो देखेपछि बाइडेनको चुनावी प्रचार प्रसार अभियान टिमको रिस चुलिएको छ । भिडियोले विद्यमान राष्ट्रपतिलाई शारीरिक क्षति पुर्याऊ भन्ने सन्देश दिएको भन्दै उनीहरूले सोको निन्दा गरेका छन् ।
ट्रम्पले राजनीतिक हिंसा भड्काइरहेको बाइडेनको चुनावी प्रचार अभियानका निर्देशक माइकल टाइलरले भनेका छन् । यसलाई गम्भीरतापूर्वक लिनु पर्ने समय आएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण