गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्नुको विकल्प छैन : सांसद पाण्डे
काठमाडौँ । नेपाली कांग्रेसका सांसद बद्रिप्रसाद पाण्डेले सरकारले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुको विकल्प नरहेको बताएका छन् ।
आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेसले संसदमा विषयवस्तु राख्न दिएको कुरालाई पछि हटेको भन्ने नसोच्न सरकारको ध्यानाकर्षण गराए । उनले सरकारबाट संसदीय समिति गठन गर्ने कुनै प्रयास र सहमति नभएको जिकिर गरे ।
सांसद पाण्डेले कांग्रेसको उक्त माग सरकारले नसुनेको खण्डमा कठोर ढंगले प्रस्तुत हुने चेतावनी दिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले गृहमन्त्रीलाई क्लिन चिट दिनुले पनि झनै शङ्का उब्जिएको बताए ।
उनले भने,‘संसदीय समिति गठन गर्नुको विकल्प छैन । किनभने प्रधानमन्त्रीले पनि क्लिन चिट दिनुभएको छ, प्रहरी प्रमुखले पनि समितिमा पुगेर क्लिन चिट दिनुभएको छ, यसको मतलब सरकार र सरकारका निकायबाट अनुसन्धान हुन सक्दैन, हुँदैन भन्ने पुष्टि भएको छ । अनुसन्धान गर्नुपर्ने निकायले नै अनुसन्धानको ढोका बन्द गरेपछि अब संसदीय समितिबाट छानबिन गर्नुको विकल्प रहेन । यो पछिल्लो घटनाक्रमले झनै संसदीय समिति गठन गर्नुपर्ने र संसदीय छानबिन समितिबाटै छानबिन हुनुपर्ने औचित्य बढेको महसुस भएको छ ।’
सांसद पाण्डेले अनुसन्धान गर्नुपर्ने निकायले नै अनुसन्धानको ढोका बन्द गरेपछि अब संसदीय समितिबाट छानबिन गर्नुको विकल्प नरहेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण