सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भदौरे जीप दुर्घटना अपडेट : २ जनाको मृत्यु

आइतबार, १८ चैत २०८०, १८ : ४१
आइतबार, १८ चैत २०८०

पोखरा । पोखराको भदौरे जीप दुर्घटनामा घाइतेमध्ये २ जनाको मृत्यु भएको छ । पोखराबाट अन्नपूर्ण गाउँपालिका वडा ४, भदौरे देउराली जाँदै गरेको ग१ज ५५४७ नम्बरको जीप आइतबार दिउँसो सल्लाघारीमा दुर्घटना भएको हो । 

कास्की प्रहरीका अनुसार दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पोखरा २३ का ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षे जयराम सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरी पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पताल पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप