नायक २ बनाउने तयारीमा अनिल
मुम्बई । गत शनिबार निर्देशक एस शंकर मुम्बईमा अनिल कपूरको घर बाहिर देखिएका थिए। सो भेटका तस्बिर सामाजिक सञ्जालमा पनि आएका छन् । यी दुवै एकसाथ देखिएपछि उनीहरू फिल्म नायक २ बनाउने तयारीमा छन् कि भन्ने अनुमान गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार यी दुईबिच लामो समयसम्म कुराकानी चलेको थियो । त्यसयता चलचित्र नायक २ को चर्चा बढेको छ । शंकरले फिल्मको स्क्रिप्टलाई लिएर अनिल कपुरसँग भेट गरेको बताइएको छ ।
एस शंकरद्वारा निर्देशित फिल्म नायक सन् २००१ मा रिलिज भएको थियो। यो १९९९ को तमिल फिल्म मधुलवनको रिमेक थियो, जसलाई एस शंकरले निर्देशन गरेका थिए। फिल्ममा अनिल कपूरसँग रानी मुखर्जी, अमरिश पुरी, परेश रावल, जोनी लिभर देखिएका थिए ।
अनिल कपूर पछिल्लो पटक फिल्म फाइटरमा देखिएका थिए । सिद्धार्थ आनन्दले निर्देशन गरेको यस फिल्ममा ऋतिक रोशन, दीपिका पादुकोण, करण सिंह ग्रोवर र अक्षय ओबेरोय देखिएका थिए । फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो । हालै यो ओटीटीमा पनि रिलिज भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण