मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

सोमबार, १९ चैत २०८०, १६ : ५१
सोमबार, १९ चैत २०८०

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई हाम्रो नेपाली पार्टीले विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै सो पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताए । 

यद्यपि सोही पार्टीकी अर्की सांसद सरिता खड्गी भने अनुपस्थित छिन् । उनी सुत्केरी बिदामा छिन् ।  केही दिनअघि हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीलाई सघाउने गरी लिखित सहमति गरेको थियो । सहमति अनुसार बज्राचार्य मन्त्री बनिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप