बागमती प्रदेश
हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने
सोमबार, १९ चैत २०८०, १६ : ५१
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई हाम्रो नेपाली पार्टीले विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै सो पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताए ।
यद्यपि सोही पार्टीकी अर्की सांसद सरिता खड्गी भने अनुपस्थित छिन् । उनी सुत्केरी बिदामा छिन् । केही दिनअघि हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीलाई सघाउने गरी लिखित सहमति गरेको थियो । सहमति अनुसार बज्राचार्य मन्त्री बनिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण