हामीले यो अवस्था आओस् भन्ने चाहेका होइनौँ : उपनेता चित्रकार
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन नसक्ने बताएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतको विपक्षमा बोल्दै उनले कांग्रेस प्रमुख प्रतिपक्षमा बस्ने बताए ।
‘यो सरकारलाई कांग्रेसले विश्वासको मत दिने अवस्था छैन । हामी प्रमुख प्रतिपक्षको रूपमा संसद्मा रहेछौँ । मुख्यमन्त्रीज्यूले पेस गर्नुभएको विश्वासको मतको नेपाली कांग्रेसले विपक्षमा मतदान गर्ने कुरा जानकारी गराउँछु ,’ उनले भने । कांग्रेसले प्रतिपक्षमा बसेर रचनात्मक ढंगले सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने चित्रकारले बताए ।
यस्तै उनले नेपालको राजनीति छिटो छिटो दौडिरहेको भन्दै गत निर्वाचनमा मतदातालाई गरेका बाचा विपरीत राजनीतिक घटनाक्रम विकसित भएको बताए ।
निर्वाचनको १६ महिनाको बिचमा तीन—तीन पटक विश्वासको मत लिनुपर्ने अवस्था आफूहरूले नचाहेको उनले बताए । ‘हामीले यो अवस्था आओस् भन्ने चाहेका होइनौँ । प्रदेश सरकारलाई राम्रोसँग परिचालन गरेर जनताको सेवकका रूपमा रूपान्तरण गर्न सकिरहेका छैनौँ । समीकरण परिवर्तन हुँदा जनता उत्साहित देखिएका छैनन् । जनता निराश हुने अवस्था सिर्जना भइरहेको छ,’ उनले भने ।
गत फागुन २१ मा केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि बागमती प्रदेशबाट नेपाली कांग्रेस बाहिरिएको थियो । माओवादी केन्द्रका जम्कट्टेलले एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका समर्थनमा विश्वासको मत लिँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण