मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन माओवादी सांसद चौलागाईंको आग्रह
काठमाडौँ । बागमती प्रदेशका माओवादी केन्द्रका सांसद युवराज चौलागाईंले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन आग्रह गरेका छन् । सोमबार मुख्यन्त्री जम्कट्टेलले प्रदेशसभा बैठकमा पेस गरेको विश्वासको मतको पक्षमा बोल्दै अन्य दललाई पनि विश्वासको मत दिन आग्रह गरेका हुन् ।
विपक्षी दल नेपाली कांग्रेस, राप्रपा नेमकिपालाई सांसद चौलागाईंले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन आग्रह गरे । बागमती सरकारले प्रदेशको औचित्यलाई पुष्टि गर्ने गरी काम गर्नेबारे गम्भीर बन्नुपर्ने उनले बताए ।
‘सिंगो राजनीतिक प्रणालीमाथि आक्रमण भइरहेको छ । राजनीतिक प्रणालीका पक्षधर राजनीतिक दलहरु एक ठाउँमा आउनुपर्ने छ,’ उनी भन्छन्, ‘विगतमा कांग्रेस सरकारमा रहँदा प्रदेश सरकारको सेवा र प्रभाव विस्तारमा राम्रो काम भएका छन् । त्यो हाम्रो साझा उपलब्धि हो । त्यसलाई कार्यान्वयन गर्दै अगाडि बढौं ।’ त्यसका लागि मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतमा मतदान गर्न चौलागाईंको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण