मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन माओवादी सांसद चौलागाईंको आग्रह

सोमबार, १९ चैत २०८०, १७ : २६
सोमबार, १९ चैत २०८०

काठमाडौँ । बागमती प्रदेशका माओवादी केन्द्रका सांसद युवराज चौलागाईंले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन आग्रह गरेका छन् । सोमबार मुख्यन्त्री जम्कट्टेलले प्रदेशसभा बैठकमा पेस गरेको विश्वासको मतको पक्षमा बोल्दै अन्य दललाई पनि विश्वासको मत दिन आग्रह गरेका हुन् ।

विपक्षी दल नेपाली कांग्रेस, राप्रपा नेमकिपालाई सांसद चौलागाईंले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन आग्रह गरे । बागमती सरकारले प्रदेशको औचित्यलाई पुष्टि गर्ने गरी काम गर्नेबारे गम्भीर बन्नुपर्ने उनले बताए । 

‘सिंगो राजनीतिक प्रणालीमाथि आक्रमण भइरहेको छ । राजनीतिक प्रणालीका पक्षधर राजनीतिक दलहरु एक ठाउँमा आउनुपर्ने छ,’ उनी भन्छन्, ‘विगतमा कांग्रेस सरकारमा रहँदा प्रदेश सरकारको सेवा र प्रभाव विस्तारमा राम्रो काम भएका छन् । त्यो हाम्रो साझा उपलब्धि हो । त्यसलाई कार्यान्वयन गर्दै अगाडि बढौं ।’ त्यसका लागि मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतमा मतदान गर्न चौलागाईंको आग्रह छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप