निजी क्षेत्रले मुलुकको अर्थतन्त्र सकारात्मक रूपमा सुधार भएको सन्देश दिनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले मुलुकको अर्थतन्त्र सकारात्मक रूपमा सुधार भएको सन्देश दिन जरुरी रहेको बताएका छन् ।
सोमबार वस्तुगत सङ्घका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ढकालले जिम्मेवार उद्योगी व्यवसायीहरूले अर्थतन्त्रमा सहज अवस्था नभए पनि अर्थतन्त्र सुधारको सन्देश दिन आवश्यक भएको बताए । उनले जिम्मेवार व्यवसायी र व्यक्तिहरूले सबैतिर नकारात्मक अवस्थाको सन्देश दिँदा वातावरण थप बिग्रने अवस्था भएको दाबी गरे । उनले पछिल्लो एक वर्षका अर्थतन्त्रका धेरै सूचकहरूमा सुधार भएको भन्दै अब थप सुधार हुँदै जाने आशा रहेको जिकिर गरे । उनले पछिल्लो एक वर्ष अघिसम्म बैङ्कहरूमा रहेको तरलता अभाव अहिले सहज भएको, बैंकको ब्याजदर एकल अंकमा आउन लागेको, रेमिट्यान्स र विदेशी विनिमय सञ्चिति बढेको भन्दै अर्थतन्त्रमा सुधारको संकेत आएको बताए । उनले व्यवसायीहरूले मुलुकभरका व्यवसायीहरू सामु सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको बताए । उनले बैंकमा करिब ७ खर्ब लगानीयोग्य पुँजी रहेको बताए ।
अध्यक्ष ढकालले पछिल्लो समय महासङ्घका वस्तुगत सङ्घहरू महासङ्घ भएसँगै उद्योग वाणिज्य महासङ्घको सदस्यता नलिने भन्ने हल्ला सुनिएको भन्दै त्यसले निजी क्षेत्रलाई बलियो बनाउन नसक्ने धारणा राखे । उनले नेपाल उद्योग वाणिज्य महासङ्घ सरकार पछिको दोस्रो ठुलो संयन्त्र भएको दाबी गर्दै राज्यले लिने नीति समेत महासङ्घको आधारणपछि मात्रै लिने गरेको स्मरण गराए ।
अध्यक्ष ढकालले व्यवसायीहरूको माग र मुद्दालाई राज्यसँग सहकार्य र समन्वयमार्फत समाधान गर्ने माध्यम नै महासङ्घ भएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण