कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
मङ्गलबार, २० चैत २०८०, ०७ : २९

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुरूप मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिन लागेका हुन् ।
केन्द्रको समीकरण बदलिएसँगै सरकारका सहभागी नेपाली कांग्रेस गत फागुन २२ गते सरकारबाट बाहिरिएको थियो ।
यद्यपि केन्द्रीय सत्तारुढ गठबन्धनले कर्णाली एमालेको भागमा पारेपछि मुख्यमन्त्री शर्मा अन्योलमा छन् । केन्द्रको यो निर्णयप्रति माओवादी प्रदेश तहका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक
-
अपाङ्गता अधिकारसम्बन्धी ऐनको पूर्णरुपमा कार्यान्वयन हुनुपर्छ – पदमबहादुर परियार
-
बारामा २२५ किलो गाँजासहित ४ जना पक्राउ
-
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी
-
संविधान कार्यान्वयनमा नेपाली प्रेसको भूमिका सराहनीय छ : प्रचण्ड
-
प्लेअफ नजिक पुगेको बेंगलुरु र प्रतियोगिताबाट बाहिरिइसकेको चेन्नई आमनेसामने