इजरायलको हवाई आक्रमणमा गाजामा चार जनाको मृत्यु
मङ्गलबार, २० चैत २०८०, १० : ०१
गाजा । गाजामा इजरायलले गरेको हवाई हमलामा तीन विदेशी सहायताकर्मी र उनीहरूका चालकको मृत्यु भएको छ । हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले मारिएका सहायताकर्मीमध्ये एकजना बेलायतका, अर्का एकजना पोल्याण्ड र तेस्रो अस्ट्रेलियाका नागरिक रहेको बताएको छ ।
उनीसँगै मारिने चालक प्यालेस्टिनी नागरिक भएको बताइएको छ । यी सहायताकर्मीहरूले बुलेट प्रुफ ज्याकेट लगाएका थिए । यसमा वर्ल्ड सेन्ट्रल किचेन डब्ल्यूसीकेको लोगो छापिएको थियो । वर्ल्ड सेन्ट्रल किचेन अमेरिकी एनजीओ हो ।
यसले गाजाका मानिसहरूलाई खाना उपलब्ध गराउँदै आएको थियो । यस घटनाको अनुसन्धान भइरहेको इजरायली सेनाले बताएको छ । सहायताकर्मीहरू देइर–अल–बलाहमा आफ्नो कारमा यात्रा गरिरहेका थिए । तटीय क्षेत्रबाट गुज्रँदै गर्दा उनीमाथि हवाई हमला भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण