बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलको हवाई आक्रमणमा गाजामा चार जनाको मृत्यु

मङ्गलबार, २० चैत २०८०, १० : ०१
मङ्गलबार, २० चैत २०८०

गाजा । गाजामा इजरायलले गरेको हवाई हमलामा तीन विदेशी सहायताकर्मी र उनीहरूका चालकको मृत्यु भएको छ । हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले मारिएका सहायताकर्मीमध्ये एकजना बेलायतका, अर्का एकजना पोल्याण्ड र तेस्रो अस्ट्रेलियाका नागरिक रहेको बताएको छ । 

उनीसँगै मारिने चालक प्यालेस्टिनी नागरिक भएको बताइएको छ । यी सहायताकर्मीहरूले बुलेट प्रुफ ज्याकेट लगाएका थिए । यसमा वर्ल्ड सेन्ट्रल किचेन डब्ल्यूसीकेको लोगो छापिएको थियो । वर्ल्ड सेन्ट्रल किचेन अमेरिकी एनजीओ हो ।

यसले गाजाका मानिसहरूलाई खाना उपलब्ध गराउँदै आएको थियो । यस घटनाको अनुसन्धान भइरहेको इजरायली सेनाले बताएको छ । सहायताकर्मीहरू देइर–अल–बलाहमा आफ्नो कारमा यात्रा गरिरहेका थिए । तटीय क्षेत्रबाट गुज्रँदै गर्दा उनीमाथि हवाई हमला भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप