माओवादी विवाद
कर्णालीको विवाद मिलाउन प्रचण्डले पठाए महेन्द्र शाहीलाई सुर्खेत
मङ्गलबार, २० चैत २०८०, १० : ५१
सुर्खेत । सत्तारुढ केन्द्रीय गठबन्धनले कर्णालीलाई एमालेको भागमा पारेपछि कर्णालीको माओवादीभित्र चरम असन्तुष्टि पैदा भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले केन्द्रको निर्णय विरुद्ध आज विश्वासको मत लिने बताइरहेका छन् ।
यहाँ सांसदहरू एकातिर र पार्टी एकातिर बनेको छ । प्रदेशको विवाद मिलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व मुख्यमन्त्री एवम् माओवादीका प्रभावशाली नेता महेन्द्रबहादुर शाहीलाई सुर्खेत पठाएका छन् । शाही वीरेन्द्रनगरमा पुगेर पनि छलफल चलाउन सुरु गरेका छन् ।
अहिले मुख्यमन्त्रीको निवासमा शाहीसहित माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, मुख्यमन्त्री शर्माबिच छलफल चलिरहेको छ । प्रदेश अध्यक्ष विमला केसी भने त्यहाँ उपस्थित नरहेको स्रोतले रातोपाटीलाई बतायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण