माओवादी विवाद
कर्णालीको विवाद मिलाउन प्रचण्डले पठाए महेन्द्र शाहीलाई सुर्खेत
मङ्गलबार, २० चैत २०८०, १० : ५१

सुर्खेत । सत्तारुढ केन्द्रीय गठबन्धनले कर्णालीलाई एमालेको भागमा पारेपछि कर्णालीको माओवादीभित्र चरम असन्तुष्टि पैदा भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले केन्द्रको निर्णय विरुद्ध आज विश्वासको मत लिने बताइरहेका छन् ।
यहाँ सांसदहरू एकातिर र पार्टी एकातिर बनेको छ । प्रदेशको विवाद मिलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व मुख्यमन्त्री एवम् माओवादीका प्रभावशाली नेता महेन्द्रबहादुर शाहीलाई सुर्खेत पठाएका छन् । शाही वीरेन्द्रनगरमा पुगेर पनि छलफल चलाउन सुरु गरेका छन् ।
अहिले मुख्यमन्त्रीको निवासमा शाहीसहित माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, मुख्यमन्त्री शर्माबिच छलफल चलिरहेको छ । प्रदेश अध्यक्ष विमला केसी भने त्यहाँ उपस्थित नरहेको स्रोतले रातोपाटीलाई बतायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह