तातियो कर्णालीको राजनीति, मुख्यमन्त्री शर्मा र कँडेलबिच भेट
सुर्खेत । केन्द्रीय सत्ता गठबन्धनको निर्णय विरुद्ध कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेपछि यहाँको राजनीतिमा तरङ्ग पैदा भएको छ । यहीबिचमा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री शर्माको निवासमा पुगेका छन् ।
मंगलबार बिहान भएको संक्षिप्त भएको भेटमा दुवै नेताका आ–आफ्ना अडान राखेको स्रोतको भनाइ छ । त्यसक्रममा मुख्यमन्त्री शर्माले पहिलाकै सहमति अनुसार पहिलो चरणमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । तर, कँडेलले केन्द्रको सर्कुलर अनुसार अघि बढ्नुपर्छ भन्ने कुरा राखेको स्रोतको भनाइ छ । दुवै नेताहरूले आ–आफ्नो अडान राखेसँगै कुरा नमिलेपछि कँडेल त्यहाँबाट बाहिरिएको स्रोतले बतायो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको विवाद मिलाउन भन्दै माओवादीका नेता महेन्द्रबहादुर शाहीलाई सुर्खेत पठाएका छन् । कँडेल बाहिरिएसँगै शाही सहित पार्टीभित्रका नेताहरूबिच छलफल चलिरहेको छ । ‘कँडेल बाहिरिएपछि महेन्द्र शाहीज्यू आउनुभयो,’स्रोतले भन्यो, ‘केन्द्रबाट केही सन्देश ल्याएर आउनु भएको होला, अहिले छलफल चलिरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण