माओवादी कर्णाली प्रदेश संसदीय दलको बैठक बस्दै, बैठकअघि आन्तरिक छलफल

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक बस्ने तयारी भएको छ । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रणसिं परियारले बैठकका लागि तयारी भइरहेको रातोपाटीलाई बताए ।
तर, त्यो भन्दा पहिला मुख्यमन्त्रीलगायतलाई मनाउन नेता महेन्द्रबहादुर शाहीको सहभागीमा आन्तरिक छलफल भइरहेको छ। आन्तरिक छलफलबाट निस्कने निचोडका आधारमा पार्टी अघि बढ्ने उनको भनाइ छ ।
‘मुख्यमन्त्री निवासमा नेताहरूबिच छलफल भइरहेको छ, पूर्वमुख्यमन्त्री (महेन्द्रबहादुर शाही)ले माथिबाट के सन्देश ल्याउनु भएको छ बैठकमा छलफल होला र अहिले भइरहेको बैठकले के निर्णय गर्छ त्यसलाई मानेर जानुपर्ने हुन्छ ।’
तर, अहिलेसम्म माओवादीको बटमलाइन विश्वासको मत लिने नै भएको बताए । माओवादी केन्द्रका केही नेताले कर्णाली सरकार एमालेलाई दिन नहुने अडान लिएपनि केन्द्रमा शीर्ष नेताहरूबिच एमालेलाई पहिलो चरणको नेतृत्व दिने समझदारी भएको छ ।
यसैबिच प्रदेश सभामा कार्यव्यवस्था समितिको समेत बैठक बसिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने