माओवादी कर्णाली प्रदेश संसदीय दलको बैठक बस्दै, बैठकअघि आन्तरिक छलफल
सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक बस्ने तयारी भएको छ । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रणसिं परियारले बैठकका लागि तयारी भइरहेको रातोपाटीलाई बताए ।
तर, त्यो भन्दा पहिला मुख्यमन्त्रीलगायतलाई मनाउन नेता महेन्द्रबहादुर शाहीको सहभागीमा आन्तरिक छलफल भइरहेको छ। आन्तरिक छलफलबाट निस्कने निचोडका आधारमा पार्टी अघि बढ्ने उनको भनाइ छ ।
‘मुख्यमन्त्री निवासमा नेताहरूबिच छलफल भइरहेको छ, पूर्वमुख्यमन्त्री (महेन्द्रबहादुर शाही)ले माथिबाट के सन्देश ल्याउनु भएको छ बैठकमा छलफल होला र अहिले भइरहेको बैठकले के निर्णय गर्छ त्यसलाई मानेर जानुपर्ने हुन्छ ।’
तर, अहिलेसम्म माओवादीको बटमलाइन विश्वासको मत लिने नै भएको बताए । माओवादी केन्द्रका केही नेताले कर्णाली सरकार एमालेलाई दिन नहुने अडान लिएपनि केन्द्रमा शीर्ष नेताहरूबिच एमालेलाई पहिलो चरणको नेतृत्व दिने समझदारी भएको छ ।
यसैबिच प्रदेश सभामा कार्यव्यवस्था समितिको समेत बैठक बसिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण