नेपालले बरोडाविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौँ । राज्यस्तरीय क्लबसँग ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार बरोडाविरुद्धको खेलमा पहिले ब्याटिङ गर्ने भएको छ । बरोडाले टस जिती नेपाली टोलीलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
नेपालले यसअघि खेलिएको आफ्नो पहिलो खेलमा अर्को भारतीय क्लब गुजरातलाई हराएको थियो । नेपालले यसै महिना ओमानमा हुने एसीसी प्रिमियर कप तथा आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृङ्खला खेलेको हो ।
त्रिकोणात्मक शृङ्खलाका लागि घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा र आकश चन्द छन् । नेपाली टोलीको प्रशिक्षकमा भारतका मोन्टी देसाई छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन