नेपालले बरोडाविरुद्ध पहिले ब्याटिङ गर्ने
काठमाडौँ । राज्यस्तरीय क्लबसँग ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार बरोडाविरुद्धको खेलमा पहिले ब्याटिङ गर्ने भएको छ । बरोडाले टस जिती नेपाली टोलीलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
नेपालले यसअघि खेलिएको आफ्नो पहिलो खेलमा अर्को भारतीय क्लब गुजरातलाई हराएको थियो । नेपालले यसै महिना ओमानमा हुने एसीसी प्रिमियर कप तथा आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृङ्खला खेलेको हो ।
त्रिकोणात्मक शृङ्खलाका लागि घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा र आकश चन्द छन् । नेपाली टोलीको प्रशिक्षकमा भारतका मोन्टी देसाई छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण