नेप्से सूचकमा सामान्य गिरावट, २ अर्ब २९ करोड बराबरको कारोबार
काठमाडौं । मंगलबार पनि सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घट्न पुगेको छ । अघिल्लो दिन ६ अंकले घट्दै २ हजार १२ अंकमा झरेको नेप्से सूचक मंगलबार थप १.८५ अंकले घट्दै २ हजार १०.२१ अंकमा झरेको हो ।
तर, आज क वर्गको सेन्सेटिभ इन्डेक्स भने ०.५३ अंकले बढ्दै ३५६.२० अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
करिब २ अंकले नेप्से घटेको यस दिन २ अर्ब २९ करोड १६ लाख ४५ हजार रुपैयाँ बराबरको ६१ लाख ३१ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । अघिल्लो दिन ६ अंकले नेप्से घटेको बजारमा २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता सेयर कारोबार भएको थियो ।
आज फाइनान्स, इन्भेस्टमेन्ट, लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचका धनात्मक भएका छन् भने बैंकिङ, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन, म्यानु एण्ड प्रो, नन् लाइफ इन्स्योरेन्स र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् ।
आज १०९ कम्पनीको सेयर मूल्य बढ्दा १२७ कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज पनि गुँरास लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले १० प्रतिशतले कमाएका छन् भने ज्योति विकास बैंक बोण्ड २०८७ का लगानीकर्ताले ७.५० प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण