टी–२० क्रिकेट शृङ्खला
बरोडाविरुद्ध नेपालको १० ओभरमा ३ विकेट गुमाएर ६८ रन
मङ्गलबार, २० चैत २०८०, १५ : ४२

काठमाडौँ । राज्यस्तरीय क्लबसँग ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार जारी बरोडाविरुद्धको खेलमा १० ओभरमा तीन विकेट गुमाएर ६८ रन बनाएको छ ।
नेपालका लागि अनिल साह १७ र गुलसन झा १० रन बनाउँदै क्रिजमा संघर्षरत छन् । त्यसअघि कप्तान रोहित पौडेल १३ बलमा १८ रन, ओपनर कुशल भुर्तेल ११ बलमा नौ रन र अर्का ओपनर आसिफ शेख १२ बलमा नौ रन बनाउँदै आउट भएका थिए ।
घरेलु टोली बरोडाले टस जिती नेपाली टोलीलाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपालले यसअघि खेलिएको आफ्नो पहिलो खेलमा अर्को भारतीय क्लब गुजरातलाई हराएको थियो । नेपालले यसै महिना ओमानमा हुने एसीसी प्रिमियर कप तथा आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृङ्खला खेलेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन