टी–२० क्रिकेट शृङ्खला
बरोडाविरुद्ध नेपालको १० ओभरमा ३ विकेट गुमाएर ६८ रन
मङ्गलबार, २० चैत २०८०, १५ : ४२
काठमाडौँ । राज्यस्तरीय क्लबसँग ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार जारी बरोडाविरुद्धको खेलमा १० ओभरमा तीन विकेट गुमाएर ६८ रन बनाएको छ ।
नेपालका लागि अनिल साह १७ र गुलसन झा १० रन बनाउँदै क्रिजमा संघर्षरत छन् । त्यसअघि कप्तान रोहित पौडेल १३ बलमा १८ रन, ओपनर कुशल भुर्तेल ११ बलमा नौ रन र अर्का ओपनर आसिफ शेख १२ बलमा नौ रन बनाउँदै आउट भएका थिए ।
घरेलु टोली बरोडाले टस जिती नेपाली टोलीलाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपालले यसअघि खेलिएको आफ्नो पहिलो खेलमा अर्को भारतीय क्लब गुजरातलाई हराएको थियो । नेपालले यसै महिना ओमानमा हुने एसीसी प्रिमियर कप तथा आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृङ्खला खेलेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण