बेन स्टोक्सले टी–२० विश्वकप नखेल्ने
मङ्गलबार, २० चैत २०८०, १५ : ५७

काठमाडौँ । इङ्ल्यान्डका स्टार अलराउन्डर बेन स्टोक्सले आगामी आईसीसी टी–२० विश्वकप क्रिकेट नखेल्ने भएका छन् । टी–२० विश्वकप आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ ।
इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले मंगलबार एक विज्ञप्ति जारी उक्त जानकारी दिएको हो । बेन स्टोक्सले ब्यक्तिगत कारणले विश्वकप नखेल्ने निर्णय लिएको ईसीबीले जनाएको छ । ३२ वर्षीय बेन स्टोक्स टोलीका सबैभन्दा अनुभवी खेलाडीमा पर्छन् ।
उनले इङ्ल्यान्डका लागि तीनवटै ढाँचाको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले देशका लागि ४३ टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल पाँच सय ८५ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले २६ विकेट पनि लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन