बेन स्टोक्सले टी–२० विश्वकप नखेल्ने
मङ्गलबार, २० चैत २०८०, १५ : ५७
काठमाडौँ । इङ्ल्यान्डका स्टार अलराउन्डर बेन स्टोक्सले आगामी आईसीसी टी–२० विश्वकप क्रिकेट नखेल्ने भएका छन् । टी–२० विश्वकप आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ ।
इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले मंगलबार एक विज्ञप्ति जारी उक्त जानकारी दिएको हो । बेन स्टोक्सले ब्यक्तिगत कारणले विश्वकप नखेल्ने निर्णय लिएको ईसीबीले जनाएको छ । ३२ वर्षीय बेन स्टोक्स टोलीका सबैभन्दा अनुभवी खेलाडीमा पर्छन् ।
उनले इङ्ल्यान्डका लागि तीनवटै ढाँचाको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले देशका लागि ४३ टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल पाँच सय ८५ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले २६ विकेट पनि लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण