मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा औद्योगिक, सांस्कृतिक पर्यटन महोत्सव हुने

मङ्गलबार, २० चैत २०८०, १६ : २१
मङ्गलबार, २० चैत २०८०

भक्तपुर । बिहीबारदेखि आठौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुने भएको छ  ।  औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डको आयोजनामा हुने महोत्सव भक्तपुर  सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म सञ्चालन हुने भएको छ  । 

नयाँ वर्ष र विस्काः जात्राको अवसर पारेर यस्तो महोत्सव विगतदेखि आयोजना हुने गरेको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतको भनाइ छ । उनकाअनुसार वैशाख २ गतेसम्म महोत्सव आयोजना हुने र ३ गते नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीको विशेष साङ्गीतिक कार्यक्रमसमेत हुने तय भएको छ । 

“कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिब २ सय स्टल रहनेछ,” मेला आयोजक समितिका संयोजक दीपक थापाले भने ।उनका अनुसार कपडा, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन, खानाका परिकार सहितका स्टल रहनेछन् । 

महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि रोटेपिङ,  लगायत विभिन्न खेलहरू रहने छन् । त्यसै क्रममा दैनिक राष्ट्रिय स्तरका कलाकारहरूको उपस्थितिमा विभिन्न सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । 

ज्येष्ठ नागरिकलाई प्रवेश निःशुल्क  महोत्सवमा विद्यार्थीलाई रु ५० र सर्वसाधारणलाई भने रु.७० को टिकट लाग्ने संयोजक थापाले बताए । यो कार्यक्रम करिब ५ लाख दर्शकहरूले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप