भक्तपुरमा औद्योगिक, सांस्कृतिक पर्यटन महोत्सव हुने
भक्तपुर । बिहीबारदेखि आठौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डको आयोजनामा हुने महोत्सव भक्तपुर सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म सञ्चालन हुने भएको छ ।
नयाँ वर्ष र विस्काः जात्राको अवसर पारेर यस्तो महोत्सव विगतदेखि आयोजना हुने गरेको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतको भनाइ छ । उनकाअनुसार वैशाख २ गतेसम्म महोत्सव आयोजना हुने र ३ गते नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीको विशेष साङ्गीतिक कार्यक्रमसमेत हुने तय भएको छ ।
“कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिब २ सय स्टल रहनेछ,” मेला आयोजक समितिका संयोजक दीपक थापाले भने ।उनका अनुसार कपडा, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन, खानाका परिकार सहितका स्टल रहनेछन् ।
महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि रोटेपिङ, लगायत विभिन्न खेलहरू रहने छन् । त्यसै क्रममा दैनिक राष्ट्रिय स्तरका कलाकारहरूको उपस्थितिमा विभिन्न सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।
ज्येष्ठ नागरिकलाई प्रवेश निःशुल्क महोत्सवमा विद्यार्थीलाई रु ५० र सर्वसाधारणलाई भने रु.७० को टिकट लाग्ने संयोजक थापाले बताए । यो कार्यक्रम करिब ५ लाख दर्शकहरूले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण